Toggle Menu

समाचार

APF News
दुई साता अघि हराएकी पुछमाया घलेको शव त्रिशुली नदिमा फेला
नुवाकोट, दुई साता अघि हराएकी करीव ६० वर्षिय पुछमाया घलेको शव सशस्त्र प्रहरीले पौष १२ गते नुवाकोट जिल्लाको विदुर नगरपालिका १ त्रिशुलीस्थित त्रिशुली नदिमा डुविरहेको अवस्थामा फेला पारेको छ । गोरखा जिल्लाको गुम्दी गा.वि.स. वडा नं. ५ घर भई हाल नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ बस्ने पुछमाया घले यही मंसीर २४ गतेदेखि बेपत्ता भएकी थिईन । उनको शव सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी नायव निरीक्षक सजनकुमार श्रेष्ठको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उक्त नदिबाट बाहिर निकालेको हो । उनको शव नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-09-13
APF News
'सशस्त्र प्रहरी महानिरीक्षक कप’ खेलकुद प्रतियोगिता सुरु
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा पौष १२ गते देखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०७८’ खेलकुद प्रतियोगिता सुरु भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.को प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमका वीच उक्त प्रतियोगिता शुभारम्भ भएको हो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले फुटबलका राष्ट्रिय रेफ्री सशस्त्र प्रहरी सहायक मधुकर आचार्यलाई खेलकुद सामाग्री हस्तान्तरण गरी उक्त प्रतियोगिताको शुभारम्भ गर्नुभएको हो । सो कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल तथा सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरु, विभिन्न खेलकुद विधाका खेलाडीहरु तथा विल्लादार जवानहरुको उपस्थिति रहेको थियो । उक्त प्रतियोगिता यही पौष १४ गतेसम्म नेपाल एपीएफ रंगशालामा संचालन हुनेछ । पूmटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरु समावेश रहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०७८’मा १८ जना महिलासहित कूल ३ सय ५१ जना खेलाडीहरुको सहभागिता रहेको छ । उक्त प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरुका एक-एक टिम गरी कूल नौ वटा टिमको सहभागिता रहेको छ ।
2078-09-12
APF News
लागूऔषध तथा भारतीयरुपैयाँसहित पाँच जना पक्राउ
झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित सीमा ईलाकाबाट पौष ७ गते सशस्त्र प्रहरीले लागूऔषध तथा भारतीय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचथर जिल्लाको फिदीम नगरपालिका बस्ने २७ बर्षिय सरोज लाउटी, २४ बर्षिय विवस खवास, २१ बर्षिय विर बहादुर राई, २६ बर्षिय अनुप राजवंशी र २५ बर्षिय राजा उरौ छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेश कालीमन्दिरले शंका लागि जाँच गर्दा उनीहरुको साथमा अल्प्राजोलम ६३ वटा र ९४ हजार ८ सय भारतीय रुपैयाँ फेला पारेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-09-08
APF News
सशस्त्र प्रहरीद्धारा दूईनाले बन्दुकसहित तीन जना पक्राउ
कैलाली , कैलाली जिल्लाको भजनी नगरपालिका ७ स्थित हुलाकीमार्गबाट मंसीर २४ गते सशस्त्र प्रहरीले दूईनाले बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको घोडाघोडी नगरपालिका बस्ने ५५ बर्षिय दयाराम चौधरी, ३५ बर्षिय अजय चौधरी र २९ बर्षिय तुलाराम चौधरी छन् । दुई वटा मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हिम्मतपुरले सो बन्दुकमा प्रयोग हुने ८ वटा टोटा कार्टिजसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद बन्दुक तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-08-24