Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरीद्धारा सालको काठ बरामद
रौतहट, रौतहट जिल्लाको वृन्दावन नगरपालिका ६ हरसाह स्थित एक मिलबाट कार्तिक ३० गते सशस्त्र प्रहरीले करीव १ लाख ३८ हजार रुपैयाँ बराबरकोसालको काठ बरामद गरेको छ । अबैध रुपले ल्याई लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको करीव ७० क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सन्तपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी सोही जिल्लाको वृन्दावन नगरपालिका ६ ईलाकाबाट कार्तिक २९ गते सशस्त्र प्रहरीले करीव ३४ हजार रुपैयाँ बराबरको १७ क्यूफिट सालको काठ बरामद गरेको छ । २ वटा अटो रिक्सामा राखेर अबैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेकोे हो । बरामद काठ तथा अटो रिक्सा आवश्यक कारवाहीको लागि सब डिभिजन कार्यालय चपुरमा बुझाईएको छ । उक्त रिक्साको भन्सार मुल्य २ लाख रुपैयाँ रहेको छ ।
2078-07-30
APF News
विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
काठमाडौं, मोरङ जिल्लाको विराटनगर महानगरपालिका १६ दरैयास्थित सीमा ईलाकाबाट कार्तिक २९ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित गोरखा जिल्लाको बुङकोट ७ बस्ने २३ बर्षिय मनोज श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा निट्राभेट ट्याब्लेट १० पत्ता, एभिल २३ वटा र लुपीजेसिक ७७ वटा फेला पारेको हो । पक्राउ परेका श्रेष्ठलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी मोरङ जिल्लाको विराटनगर महानगपालिका १५ स्थित नम्बर २ ढापबाट कार्तिक २९ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित झापा जिल्लाको दमक नगरपालिका १ बस्ने २७ बर्षिय रोशन तामाङलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा एभिल ८ वटा, लुपिजेसिक ८ वटा, डाईजेपाम ८ वटा र फेनेरागन ८ वटा फेला पारेको हो । पक्राउ परेका तामाङलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-07-29
APF News
सशस्त्र प्रहरी परिवार महिला संघद्वारा नेपाल एपीएफ अस्पतालमा पाठेघरको क्यान्सर सम्बन्धि प्रशिक्षण कार्यक्रम आयोजना
काठमाडौं, सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा पाठेघरको क्यान्सर र त्यसबाट बच्ने उपाय सम्बन्धमा सोमबार नेपाल एपीएफ अस्पतालमा प्रशिक्षणको आयोजना गरेको छ । गत असोज १४ गते एक कार्यक्रमका बीच सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले महिला स्वाथ्य जाँच सम्बन्धि विविध कल्याणकारी योजनाको समुद्घाटन गर्नुभएको थियो । सो योजना अन्र्तगत कार्तिक २९ गते आयोजना गरेको तालिममा प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक डा. सौजन्य कर्माचार्यले प्रशिक्षणमा सहभागी नेपाल एपीएफ अस्पतालमा कार्यरत महिला सशस्त्र प्रहरी स्वास्थ्यकर्मीहरुलाई पाठेघरको क्यान्सर, क्यान्सर हुनुपूर्व गरिने विभिन्न जाँच बारे प्रशिक्षण गर्नुभयो । सशस्त्र प्रहरी परिवार महिला संघले महिलाको पाठेघरमा देखिने विभिन्न समस्याहरुको समयमा नै पहिचान गरी उपचारमा सहज होस भन्ने उद्देश्यले आयोजना गरेको उक्त प्रशिक्षणमा डा. कर्माचार्यले सो रोगको उपचार विधिहरु तथा महिलाको पाठेघर सम्बन्धि विविध स्वास्थ्य जाँचमा प्रयोगमा आउने उपकरण, भी.आई.ए., भी.आई.एल.आई. जाँच, पाठेघर सम्बन्धि समस्याको समयमा पहिचान नहुँदा आउनसक्ने जटिलता र रोग लागेपछि गरिने उपचारको बारेमा समेत प्रकाश पार्नुभयो ।
2078-07-29
APF News
सशस्त्र प्रहरी नायव महानिरीक्षक राईबाट सीमा सुरक्षा तथा व्यवस्थापन तालिम उद्घाटन
काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा संचालित सि.सं. ३ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) सोमबार देखि संचालन भएको भएको छ । सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्ग बहादुर राईले कार्तिक २९ गते सोही प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन गर्नुभएको हो । त्यसअवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक राईले संगठनलाई प्राप्त जिम्मेवारीमध्ये सीमा सुरक्षा एक महत्वपूर्ण जिम्मेवारी रहेको चर्चा गर्नुहुँदै राज्यद्धारा संगठनलाई प्राप्त विविध जिम्मेवारीहरु व्यवसायिक र कुशल ढंगले सम्पादनका लागि दक्ष जनशक्ति निर्माणका लागि संगठनले यस्ता विभिन्न व्यवसायिक तालिमहरु नियमित रुपमा संचालन गर्दै आईरहेको बताउनुभयो । उहाँले फौजी संगठनमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै प्रशिक्षणको दौरान प्रशिक्षार्थीहरुले आर्जन गरेका ज्ञान, कला र कौशललाई कार्यक्षेत्रमा उपयोग गर्दै प्रशिक्षार्थी अधिकृतहरुले आफु मातहतका सशस्त्र प्रहरी कर्मचारीलाई समेत सिकाउँदै विभिन्न स्थानहरुमा खटिई राष्ट्र र नागरिकको सेवा, सुरक्षा र उद्धार लगायतका कार्यसम्पादनको क्रममा चुस्त दुरुस्त रुपमा कृयाशिल रहन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ६ हप्ता अवधिको सो तालिममा ५ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र २५ जना सशस्त्र प्रहरी निरीक्षक गरी कूल ३० जना अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन ।
2078-07-29
APF News
“नेपाल विपद् व्यवस्थापन जीवन रक्षक सम्मान” द्वारा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय¸ कुरिनटार सम्मानित
प्रकोप पूर्व तयारी सन्जाल (DPNet-Nepal) द्वारा प्रदान गरीने विभिन्न तीन विधा (क) नेपाल विपद् व्यवस्थापन विशिष्ट सम्मान (ख) नेपाल विपद् व्यवस्थापन जीवन रक्षक सम्मान (ग) नेपाल विपद् व्यवस्थापन प्रविधि सम्मान मध्ये २०७८ सालको नेपाल विपद् व्यवस्थापन जीवन रक्षक सम्मान (Life Saving Award) सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारलाई प्रदान गरिएको छ। जसमा सम्मान पत्र सहित नगद रु.11250/- (एघार हजार दुई सय पचास) प्रदान गरिएको छ। सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले उक्त प्रशंसा पत्र तथा नगद पुरस्कार ग्रहण गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता प्रकोप पुर्व तयारी सन्जाल (DPNet-Nepal) का अध्यक्ष सुर्यबहादुर थापाले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा राष्ट्रिय योजना आयोगका माननीय सदस्य सलोनी प्रधान सिंहको उपस्थिति रहेको थियो । विशेष अतिथिको रुपमा बागमती प्रदेश मामिला समितिका सभापति माननीय माधव पौडेलको उपस्थिति रहेको थियो ।
2078-07-28
APF News
सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित पक्राउ
मोरङ्ग, मोरङ्ग जिल्लाको सुनवर्षि नगरपालिका ८ स्थित सीमा ईलाकाबाट कार्तिक २७ गते सशस्त्र प्रहरीले १० पत्ता ट्रामाडोल ट्याब्लेट र १ पत्ता स्पास्मो ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा जिल्लाको कमल गाउँपालिका १ बस्ने १९ वर्षिय निशान दाहाल छन् भारतबाट नेपालतर्फ आउँदै गरेका निज दाहाललाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिक्टीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । पक्राउ परेका दाहाललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-07-28
APF News
सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित पक्राउ
मोरङ, मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित भन्सार ईलाकाबाट कार्तिक २७ गते सशस्त्र प्रहरीले एभिल १० एम्पुल, लुपीलेसिक १० एम्पुल, डाईजापाम १० एम्पुल र फेनेर्जाम १० एम्पुलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको कानेपोखरी गाउँपालिका ५ बस्ने २७ बर्षिय प्रकाश राई छन् । बा ८३ प २५४४ नम्बरको स्कुटरमा सवार निज राईलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला उनले प्रयोग गरेको उक्त स्कुटर समेत बरामद गरिएको छ । पक्राउ परेका राईलाई बरामद लागूऔषध तथा स्कुटरसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-07-28
APF News
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद
पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट कार्तिक २७ गते सशस्त्र प्रहरीले करीव १ लाख ३४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले दुई वटा ई-रिक्सामा राखेर नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको १२ वटा कम्प्युटरको मोनिटर तथा पेन्टिङ्ग रंग सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बीरगंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त सामान ल्याउन प्रयोग भएको दुई वटै रिक्सा समेत बरामद गरिएको हो । बरामद सामान तथा रिक्सा भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ । उक्त रिक्साको भन्सार दाखिला मुल्य ३ लाख ९० हजार रुपैयाँ रहेको छ ।
2078-07-28
APF News
लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा एक जना पक्राउ
कञ्चनपुर, कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ११ डोके बजारबाट कार्तिक १४ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ३ बस्ने २३ बर्षिय बिजय नेपालीलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका निज नेपालीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोके बजारबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट १० वटा र प्रोक्सीवेल स्पास ट्याब्लेट ४२ वटा फेला पारेको हो । पक्राउ परेका नेपालीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-07-14
APF News
चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्धारा बरामद
काठमाडौं, सिरहा जिल्लाको औरही गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट कार्तिक १३ गते सशस्त्र प्रहरीले करीव १ लाख १५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट इट्टाटारबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कलैयाबाट खटिएको सशस्त्र प्रहरीले कार्तिक १३ गते भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको करीव १ लाख १३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बारा जिल्लाको फेटा गाउँपालिका २ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
2078-07-14
APF News
लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा तीन जना पक्राउ
काठमाडौं, पर्सा जिल्लाको बीरगंज महानगरपालिका २५ सिर्सिया सीमा ईलाकाबाट कार्तिक ११ गते सशस्त्र प्रहरीले १ सय २० वटा नाईट्रोभेट ट्याब्लेसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा जिल्लाको निजगढ नगरपालिका १३ बस्ने २२ वर्षिय आमस वि.क. र पर्सा जिल्लाको बीरगंज महानगरपालिका १५ भिस्वा बस्ने २४ वर्षिय शेखर कुमार सिहं छन् । भारतबाट ना ५० प ४९०१ नम्बरको स्कुटरमा नेपालपतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोर्टबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेका हो । त्यसवेला उक्त स्कुटर समेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा स्कुटरसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बीरगंजबाट खटिएको सशस्त्र प्रहरीले कार्तिक ११ गते १३ वटा नाईट्रोभेट ट्याब्लेटसहित बारा जिल्लाको फेटा गाउँपालिका ४ बस्ने १९ वर्षिय गोविन्द कुमार मुखियालाई पक्राउ गरेको छ । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ सीमा ईलाकाबाट नेपालतर्फ आउँदै गरेका निज मुखियालाई ड्यूटिमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका मुखियालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-07-12