काठमाडौं,
पर्सा जिल्लाको विरगंज महानगरपालिका २ हरपतगंज ईलाकाबाट फागुन ९ गते
सशस्त्र प्रहरीले करीव १६ लाख २३ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा
बरामद गरेको छ ।
सो ठाउँमा रहेको एक गोदाम घरमा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको
आधारमा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता
बाहिनी मुख्यालय महोत्तरी, नम्बर १३ गण पर्सा, बिओपी बिरगंजबाट खटिएको
सशस्त्र प्रहरी र भन्सार कार्यालयका कर्मचारीको संयुक्त टोलीले बरामद
गरेको हो ।
यसैगरी कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ३ ब्रम्हदेव रोड ईलाकाबाट
फागुन १० गते सशस्त्र प्रहरीले करीव ९ लाख ६३ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको मोर्टर पाटर््स बरामद गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याई लुकाई छिपाई राखेको उक्त मोर्टर
पाटर््स सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको
सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।