Toggle Menu
APF
२५औं सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित सन्ध्याकालिन बिशेष समारोहका प्रमुख अतिथि तथा विशिष्ट अतिथिज्यूहरुसंग सामूहिक फाेटोसेसन
APF
"२५औं सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव)" को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित सन्ध्याकालिन बिशेष समारोहका प्रमुख अतिथि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूलाई स्वागत गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल ।
APF
२५औं सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित सन्ध्याकालिन बिशेष समारोहका विशिष्ट अतिथि सम्माननीय उप राष्ट्रपति रामसहाय प्रसाद यादवज्यूलाई स्वागत गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल ।
APF
२५औं सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित सन्ध्याकालिन बिशेष समारोहका विशिष्ट अतिथि सम्माननीय प्रधानमन्त्री सशीला कार्कीज्यूलाई स्वागत गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल ।
APF
२५औं सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित सन्ध्याकालिन बिशेष समारोहका विशिष्ट अतिथि माननीय गृह मन्त्री ‍‍ओमप्रकाश अर्यालज्यूलाई स्वागत गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल ।
APF
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदको दर्ज्यानी चिन्ह सुशोभन पश्चात् सामूहिक तस्वीर।
APF
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पौष ६ गते प्रधान कार्यालयमा विभिन्न दर्जामा पदोन्नती हुनुभएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
APF
निरीक्षण भ्रमणमा पाल्नु भएका माननीय गृह एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालज्यूलाई प्रधान कार्यालयमा स्वागत गर्नुहुँदै संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू ।
1
2
राजु अर्याल
राजु अर्याल

सशस्त्र प्रहरी महानिरीक्षक

सशस्त्र प्रहरी बल, नेपाल

मनिष थापा
मनिष थापा

केन्द्रीय प्रवक्ता / सूचना अधिकारी
सशस्त्र प्रहरी नायब महानिरीक्षक

सशस्त्र प्रहरी बल, नेपाल

+977 9851272007

spokesperson@apf.gov.np

सूचनाहरू

समाचार र अन्तर्दृष्टि

अपडेट रहनुहोस्

APF News
चुलु फार ईस्ट हिमालमा सशस्त्र प्रहरी बल नेपालको झण्डा

सशस्त्र प्रहरी उपरीक्षक टोप बहादुर डाँगी, सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेल, सशस्त्र प्रहरी नायव उपरीक्षक मनोज खड्का, सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेत,  सशस्त्र प्रहरी निरीक्षक रवि खकुरेल, सशस्त्र प्रहरी नायव निरीक्षक दन्त बहादुर छन्त्याल, सशस्त्र प्रहरी जवान कमल श्रेष्ठ गरी ७ जना सशस्त्र प्रहरी कर्मचारीहरु तथा कुशल आरोही मिङ तेम्बा शेर्पा र सुम्बा छिरिङ शेर्पा गरी जम्मा ९ जनाले दामोदर हिमश्रृंखला अन्तर्गत पर्ने चुलु फार ईस्ट हिमालको सफल आरोहण गरेका छन् । असोज २५ गते विहान ७ बजेको समयमा ६ हजार ३८ मिटर अग्लो हिमालको शिखरमा सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराइएको हो ।

2082-06-26
APF News
चाडपर्व सुरक्षा र निर्वाचनको पूर्व तयारीमा जुट्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चाडपर्व सुरक्षा र निर्वाचनको पूर्व तयारीमा जुट्न निर्देशन दिनुभएको छ । नेपालीहरुको महान चाड बडादशैँ, शुभदिपावली, नेपाल सम्वत् ११४६ तथा छठ पर्वको उपलक्ष्यमा असोज १० गते प्रधान कार्यालयबाट मातहत सवै इकाईलाई उहाँले सो निर्देशन दिनुभएको हो । 
उहाँले सशस्त्र प्रहरी बल, नेपालको गौरवमय परम्परालाई जीवन्त राख्दै, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, तराईको उष्णतादेखि हिमालको कठोर चिसोसम्म र अन्तर्राष्ट्रिय शान्ति मिसनहरूमा अहोरात्र देश र जनताको शान्ति, सुरक्षा र उद्धारमा समर्पित सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूलाई सुख, शान्ति, समृद्धि, र सु–स्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्नुहुँदै यी महान चाडहरूले आपसी सद्भाव र भाईचाराको विकासमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले हालैको जेन–जी आन्दोनलमा ज्यान गुमाउनु हुने सम्पूर्णमा हार्दिक श्रद्धान्जली अर्पण गर्नुहुँदै परिवारजनहरुमा धैर्यधारण गर्ने शक्ति प्रदान होस् र घाईते बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुहुँदै आगामी फाल्गुन २१ गते तोकिएको आम निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन प्रारम्भिक पूर्व तयारी सुरु गर्न मातहत इकाईहरुलाई समेत निर्देशन दिनुभयो । 
उहाँले नजिकिंदै गरेका चाडपर्वहरुमा जनताहरुले निर्धक्कसाथ मनाउनका लागि सुरक्षा व्यवस्थाको सुनिश्चित गर्न चाडपर्व लक्षित सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन तथा सीमा नाकाहरुबाट चाडपर्व मनाउन स्वदेश फर्किने नागरिकको सम्मानजनक तथा सुरक्षित आवागमनको लागि आवश्यक स्थानहरुमा सहायता–डेस्कहरुको स्थापना गरी समकक्षी सुरक्षा निकाय तथा सरोकारवालाहरुसंगको समन्वयमा प्रभावकारी परिचालन र नियमित अनुगमन गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले चाडपर्वको समयमा सडक दुर्घटना, बाढी, पहिरो, आगलागीजस्ता विपद्हरूको जोखिमलाई ध्यानमा राखी उद्धार टोलीलाई पूर्ण तयारी हालतमा राख्न निर्देशन दिनुहुँदै विपद् व्यवस्थापनमा प्रभावकारिता बढाउन प्रारम्भिक चेतावनी प्रणालीको विकास र उपयोग, स्थानीय प्रशासन र समकक्षी निकायहरूसँग समन्वय गरी विपद् प्रतिकार्य योजना अद्यावधिक गर्न समेत निर्देशन दिनुभयो । 
भन्सार नाकाहरूबाट हुन सक्ने राजस्व चुहावट नियन्त्रण गर्न सके राष्ट्रिय अर्थतन्त्रमा थप योगदान गर्न सकिने भएकोले चाडपर्वको मौका छोपेर सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्ने हुनाले राजश्व चुहावट नियन्त्रणको लागि थप सक्रियता बढाउन समेत उहाँले निर्देशन दिनुभयो । 
अप्ठ्यारो परिस्थितिमा उत्कृष्ट कार्य गर्न जरुरी रहेको स्मरण गर्नुहुँदै उहाँले उच्च मनोबल र कार्यकुशलताकासाथ कार्यक्षेत्रमा आउन सक्ने चुनौतीको सामना गर्न एकजुट भई योजना बनाउन समेत मातहत कमाण्डरहरुलाई निर्देशन दिनुभयो । 

2082-06-10

सामाजिक सञ्जालमा
विभिन्न सामाजिक सञ्जालमार्फत सशस्त्र प्रहरी बलसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

अडियो कार्यक्रम