कपिलवस्तु, कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका ५ नौरङ्गीयाघाट स्थित एक खोलाको बगरबाट फागुन १ गते सशस्त्र प्रहरीले करीव १ लाख ५७ हजार रुपैयाँ बराबरको सिसौको गोलिया काठ बरामद गरेको छ । उक्त बगरमा परालले छोपी लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको ४५ क्यूफिट सिसौको गोलिका काठ सशस्त्र प्रहरी बल नेपाल बिओपी विजयनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सव–डिभिजन वन कार्यालय ठाकुरापुर कपिलवस्तुमा बुझाईएको छ ।
APF