काठमाडौं,
सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी का.मु. सशस्त्र
प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनालाई दिईएको छ ।
यसअघि प्रवक्ता रहनु भएका सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप
श्रेष्ठले पदावधिका कारण अनिवार्य अवकास पाउनु भएपछि तिउसीनालाई सो
जिम्मेवारी दिईएको हो ।
का.मु. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक तिउसीनालाई मोबाईल नम्बर
९८५१२७२००७ र ईमेल ठेगाना spokesperson@apf.gov.np मा सम्पर्क गर्न सकिने
छ ।
संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका
समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न
सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उहाँलाई दिइएको छ ।