Toggle Menu
श्रीमान् गृह सचिव केदारनाथ शर्माज्यूलाई प्रधान कार्यालयमा स्वागत गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलज्यू ।

श्रीमान् गृह सचिव केदारनाथ शर्माज्यूबाट विपद् उद्धार सामाग्रीको अवलोकन।

श्रीमान् गृह सचिव केदारनाथ शर्माज्यूद्वारा ए.पी.एफ. म्यूजिमयको अवलोकन।

श्रीमान् गृह सचिव केदारनाथ शर्माज्यूबाट सकल दर्जाका सशस्त्र प्रहरी राष्ट्रसेवकहरुलाई निर्देशन सम्बोधन।

श्रीमान् गृह सचिव केदारनाथ शर्माज्यूका साथ सशस्त्र प्रहरी वरिष्ठ अधिकृतज्यूहरुको सामूहिक तस्वीर।

भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा तथा नुवाकोट जिल्लाका विभिन्न स्थानको अवलोकन गर्नुहूँदै माननीय गृहमन्त्री सुधन गुरुङ्गज्यू साथै सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलज्यू ।

बाढीबाट प्रभावित स्थानीय नागरिकहरुसँग छलफल गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलज्यू ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुको खोजी तथा उद्दारका लागि परिचालित सशस्त्र प्रहरी राष्ट्रसेवकहरुलाई आवश्यक निर्देशन दिनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलज्यू ।

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजित 5th United Nations Chiefs of Police Summit (UNCOPS, 2026) सम्मेलनका क्रममा सहभागीहरुको सामूहिक तस्वीर कार्यक्रम ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय मातहतका विभिन्न इकाईहरूको निरीक्षण तथा अनुगमनका क्रममा सीमा इलाकामा संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलज्यू ।

संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका राष्ट्रसेवकहरुलाई प्रस्थान अघि प्रधान कार्यालयमा आयोजित बिदाई कार्यक्रम ।

रुपन्देहीस्थित डण्डाबाट Border Interaction Team (BIT) परिचालनको शुभारम्भ गर्नुहुँदै संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलज्यू ।

1
2
नारायण दत्त पौडेल
नारायण दत्त पौडेल

सशस्त्र प्रहरी महानिरीक्षक

सशस्त्र प्रहरी बल, नेपाल

नेत्र बहादुर कार्की
नेत्र बहादुर कार्की

प्रवक्ता / सूचना अधिकारी
सशस्त्र प्रहरी नायव महानिरीक्षक

सशस्त्र प्रहरी बल, नेपाल

+977 9851272007

spokesperson@apf.gov.np

सूचनाहरू

समाचार र अन्तर्दृष्टि

अपडेट रहनुहोस्

APF News
आगलागी नियन्त्रण

ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा असोज ८ गते भएको भीषण आगलागी सशस्त्र प्रहरीले अन्य सुरक्षा निकाय, वारुण यन्त्र र स्थानीयवासीको सहयोगमा नियन्त्रण तथा उद्धार कार्य जारी राखेको छ । आज दिउँसो सोही ठाउँ बस्ने स्थानीय डङ्डु शेर्पाको दुई तल्ले घरमा रहेको कपडा पसल र होटलमा अचानक विद्युत सर्ट भई आगलागी भएको बताइएको छ । आगलागी भएको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं. १ कञ्चनजङ्घा गुल्म ताप्लेजुङबाट सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओलीको कमाण्डमा सशस्त्र प्रहरी टोली खटिएको छ । सो आगलागीबाट हालसम्म ८ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको र आगोलाई पूर्ण रूपमा नियन्त्रणमा लिन टोली निरन्तर खटिइ रहेको छ ।

2083-06-08
APF News
मनसुनजन्य प्राकृतिक विपद्को उच्च जोखिमलाई ध्यानमा राख्दै देशभर व्यापक पूर्वतयारी तथा परिचालन योजना

सशस्त्र प्रहरी बल नेपालले बाढी, पहिरो तथा डुबान जस्ता मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण एवं खोज तथा उद्धारका लागि देशभर ६ सय ५० वटा जोखियुक्त ठाउँहरुमा ११ हजार ७ सय भन्दा बढी जनशक्ति उच्च सतर्कताका साथ परिचालन अवस्थामा राखेको छ । सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य प्राकृतिक विपद्को उच्च जोखिमलाई ध्यानमा राख्दै देशभर व्यापक पूर्वतयारी तथा परिचालन योजना तयार गरी कार्यान्वयमा ल्याउनुकासाथै थप जनशक्ति र उद्धार सामग्रीहरूको प्रभावकारी व्यवस्थापन समेत गरेको छ । जसअन्तर्गत २ हजार ६० जना विपद् व्यवस्थापन तालिमप्राप्त जनशक्तिका साथै १ सय ३३ जना गोताखोर, २ सय २४ जना रोप रेस्क्यु लगायत उच्च भू–भाग खोज तथा उद्वार तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु  प्रत्यक्ष रूपमा खटिएका छन् । यसका अतिरिक्त डुवानमा परेकाहरुको उद्धारको लागि १ सय ३ वटा र्‍याफ्ट बोट, ५८ वटा मोटर बोट समेत तयारी अवस्थामा राखिएको हो । खोज तथा उद्धार कार्यलाई थप प्रविधिमैत्री र प्रभावकारी बनाउन ३० वटा तालिमप्राप्त के–नाइन डग स्क्वाड र ५ वटा विशेष ड्रोनहरू इयरमार्क गरी परिचालनको लागि तयारी अवस्थामा राखिएको छ । जोखिमयुक्त क्षेत्रमा विपद्‍बाट सडक अवरोध भएमा तत्काल हटाउन वा खुलाउन तथा हेभी रेस्क्युका लागि विपद् जोखिमयुक्त नदी करिडोरहरू र प्रदेशस्थित वाहिनी मुख्यालयहरूमा ह्विल लोडर, क्रेन र एक्साभेटर जस्ता हेभी इक्यूपमेन्टहरू तयारी अवस्थामा राखिएको छ । त्यस्तै उच्च जोखिममा रहेका सुनकोशी, सप्तकोशी, भोटेकोशी, त्रिशुली, नारायणी, बाग्मती नदी तथा विष्णुमती, बल्खु, मनोहरा, हनुमन्ते, नख्खु लगायत खोलाहरुमा आवश्यक उद्धार सामाग्रीसहित विपद् व्यवस्थापन जनशक्ति तयारी हालतमा राखिएको छ । सशस्त्र प्रहरी बल नेपालले र्‍याफ्ट एशोसिएसन सँगको सहकार्यमा गण्डकी र लुम्बिनी प्रदेशमा थप १०/१० वटा र्‍याफ्ट बोटहरू पूर्वतयारी अवस्थामा राख्ने योजना समेत रहेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान तथा आवश्यकता अनुसार तत्काल अन्य थप जनशक्ति समेत परिचालन गर्ने गरी रणनीति तयार गरिएको छ । भारी वर्षा र बाढी पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले असोज ९ देखि ११ गतेसम्म जोखिमयुक्त नदी तटिय क्षेत्रहरुमा बसोवास गर्ने वासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन माईकिङ् गर्नुकासाथै सडक मार्गहरूमा अत्यावश्यक काम बाहेक यात्रा नगर्न तथा उच्च सतर्कता अपनाउन सर्वसाधारण नागरिकहरूलाई विशेष अनुरोध समेत गरेको छ ।

2083-06-08
APF News
कञ्चनपुरको दोधारा चादनीबाट ७ लाख रुपैयाँ भन्दा बढी मुल्यको कच्चा पदार्थ बरामद

कञ्चनपुर जिल्लाको दोधारा चादनी नगरपालिका–१ स्याउलेटोलबाट असोज ७ गते सशस्त्र प्रहरीले ७४ वटा बोरामा राखिएको ७ लाख ४१ हजार रुपैयाँ बराबरको आल्मुनियम बनाउने कच्चा पदार्थ बरामद गरेको छ । सोही ठाउँ बस्ने एक स्थानीय घर नजिकै बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्यको ३ हजार ८ सय के.जी. कच्चा पदार्थ बरामद गरिएको हो । उक्त कच्चा पदार्थ विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ३५ शैलेश्वरी गण कञ्चनपुर मातहत कार्यालयबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद कच्चा पदार्थ आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ । उक्त पदार्थ भारततर्फ चोरीनिकासी गर्न लागेको आशंका गरिएको छ ।

2083-06-07
APF News
४७ लाख रुपैयाँ भन्दा बढीको मोवाईल पार्ट्ससहित दुई वटा मोटरसाईकल नियन्त्रणमा

रौतहट जिल्लाको गौर नगरपालिका–४ टिकुलियाबाट असोज ७ गते ४७ लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको मोवाईलका पार्ट्ससहित दुई वटा मोटरसाईकल नियन्त्रणमा लिईएको छ । सोही ठाउँमा रहेको एक स्थानीयको घरबाट उल्लेखित मूल्यको मोवाईल पार्ट्स सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहट र गौर भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो । सो ठाउँमा अवैध रुपले लुकाई छिपाई राखेको भन्ने सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा उक्त गणबाट सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीको कमाण्डमा सशस्त्र प्रहरी तथा भन्सार कार्यालयको टोली खटिएको थियो । सो टोलीले उक्त घरबाट BR-OAA-3463 र BR-302-3239 नम्बरको दुई वटा मोटरसाईकल नियन्त्रणमा लिएको हो । बरामद मोवाईलका पार्ट्स तथा दुई वटै मोटरसाईकल आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ । बरामद मोवाईल पार्ट्सको ४७ लाख ७४ हजार ५ सय रुपैयाँ र दुई वटा मोटरसाईकलको २ लाख ४० हजार रुपैयाँसहित भन्सार दाखिला मूल्य ५० लाख १४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

2083-06-07
APF News
अलपत्र परेका नागरिकको सकुशल उद्धार

भाद्र १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण चीनको केरुङ्ग नाकामा अलपत्र परेका ७ सय ४१ जना नेपाली नागरिकहरूको सकुशल उद्धार गरिएको छ । उनीहरुलाई नेपाल-चीन सीमावर्ती कोदारी नाका हुँदै सकुशल स्वदेश फर्काइएको हो । चीन सरकारको विशेष सहयोग तथा सीमा नाकामा सशस्त्र प्रहरी बल, नेपालको प्रत्यक्ष सहजीकरण एवं समन्वयमा उनीहरूलाई सुरक्षित रूपमा काठमाडौँतर्फ पठाईएको छ । स्थलमार्ग अवरुद्ध भई चीनतर्फ रोकिएका नेपाली नागरिकहरूलाई भाद्र १८ गतेदेखि भाद्र २९ गतेसम्म सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका-२ स्थित कोदारी नाकाबाट नेपाल प्रबेस गराइएको हो । उनीहरुलाई स्थानीय तह तथा विभिन्न संघ-संस्थासँगको समन्वयमा सवारी साधनहरूको व्यवस्था गरी काठमाडौँतर्फ पठाइएको हो । सीमा क्षेत्रमा नागरिकको सुरक्षित उद्धार तथा आवागमन सहजीकरणका लागि  बोर्डर आउटपोष्ट तातोपानीबाट सशस्त्र प्रहरी नायव निरीक्षक भूप बहादुर बुढाथोकीको कमाण्डमा १५ जनाको विशेष टोली निरन्तर परिचालन भएको छ ।

2083-05-29
APF News
निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सशस्त्र प्रहरी परिवार महिला संघले काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा आउने दर्शनार्थी भक्तजनहरुको लागि संघले उक्त शिविर सञ्चालन गरको थियो । शिविरमार्फत श्रद्धालु भक्तजनहरूको स्वास्थ्य परीक्षण गर्नुकासाथै औषधी तथा खानेपानी समेत वितरण गरिएको छ । साथै सशस्त्र प्रहरी बल, नेपालले मन्दिर परिसरमा आउने दर्शनार्थीहरुको शान्ति सुरक्षा एवं व्यवस्थापनको लागि करीब ८ सय जनशक्ति समेत परिचालन गरिएको थियो । नेपाल एपीएफ अस्पताल बलम्बुबाट महिला चिकित्सक तथा एम्बुलेन्स सहितको मेडिकल टोली समेत खटिएको थियो, भने प्रधान कार्यालय हल्चोकबाट खानेपानीको लागि ट्यांकर सहितको टोली पनि २८ गते राति बाट नै परिचालित भएका थिए । मन्दिर परिसरमा कमाण्ड पोष्ट स्थापना गरी मेला अवधिभर कुनै पनि अवाञ्छित गतिविधि नहोस् भन्ने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले सुक्ष्म निगरानीका लागि सादा पोसाकमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन तथा बागमती नदि किनारमा गोताखोरसहितको उद्धार टोली समेत तयारी हालतमा राखेको थियो ।

2083-05-29
APF News
सशस्त्र प्रहरी अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा खटिई काम गरिरहेका छन्ः गृहसचिव केदारनाथ शर्मा

गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचलित नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई थप विषयमा तथा समयसापेक्ष आवश्यक तालिम प्रदान गर्नुका साथै स्रोतसाधन सम्पन्न गराउनुपर्ने बताउनुभयो । भाद्र २९ गते प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा गृहसचिव शर्माले सो कुरा बताउनुको साथै विपद्को जोखिम बढ्दै गएको हुँदा त्यसको न्यूनीकरणको लागि आवश्यक जनशक्ति, पूर्वतयारी, प्राप्त स्रोतसाधनको प्राथमिकीकरण तथा व्यवस्थापन र जनचेतनाका लागि प्रचार-प्रसारमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सीमामा परिचालित सशस्त्र प्रहरी कर्मचारीहरुको सीमा क्षेत्रका स्थानीय जनताहरुसँग प्रत्यक्ष सम्बन्ध हुने भएकाले सीमावासीसँगको सम्बन्धलाई सुमधुर बनाउँदै सीमा सुरक्षा गर्न र सीमा क्षेत्रमा बढ्दै गएको अपराध तथा अवैध कारोवार नियन्त्रण गर्न आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्दै थप चनाखो भई परिचालन हुन समेत निर्देशन दिनुभयो । गृहसचिव शर्माले सुरक्षा निकायबिच आपसी समन्वयमा काम गर्न सकियो भने फिल्डमा कार्य सम्पादन प्रभावकारी हुने उल्लेख गर्नुहुँदै सोको लागि कुनै पनि घटनाको सम्बन्धमा सूचना आदान–प्रदानको वातावरणलाई थप सशक्त बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरीसँग सम्बन्धित नियम तथा नियमावलीका कमजोर पक्षहरुलाई सुदृढ बनाउन, थप कानूनमा समेट्न तथा परिमार्जनका प्रस्तावहरु तयारी गरी मन्त्रालयमा पठाउनुपर्ने बताउनुहुँदै सशस्त्र प्रहरी बल नेपालको विद्यमान समस्याहरु सहजीकरण र आवश्यक निर्णयहरुमा समेत मन्त्रालय सदैव सकारात्मक रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले गृह प्रशासनसँग लामो समय नजिक भएर काम गरेको अनुभव भएको नेतृत्वलाई अभिभावकका रुपमा पाएकोमा खुशी व्यक्त गर्नुहुँदै गृहसचिवबाट प्राप्त अमुल्य मार्गदर्शन, नीति निर्देशनलाई अक्षरस पालना गर्ने बताउनुभयो । उहाँले नेपाल सरकारबाट सशस्त्र प्रहरी बल  नेपाललाई प्राप्त म्याण्डेट अनुसार पूर्ण व्यावसायिक र इमान्दारितासाथ कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै संगठनका विद्यमान समस्या समाधान जनशक्ति तथा स्रोतसाधनको व्यवस्थापनमा मन्त्रालयको पूर्ण साथ र  सहयोग रहने अपेक्षा समेत व्यक्त गर्नुभयो । सोही अवसरमा गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापनको लागि प्रयोगमा ल्याएको फायर फाइटिङ, रोप रेस्क्यु, माउण्टेन रेस्क्यु, वाटर रेस्क्यु, डिप डाइभिङ, लाइफ डिटेक्टिङ र कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्युका उपकरणहरु तथा ड्रोन लगायतका सामग्रीहरुको अवलोकन गर्नुभएको  थियो । कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले सशस्त्र प्रहरी बल नेपालको कार्यादेश, संरचना, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षा, राजस्व संकलनमा सहयोग, सीमा सुरक्षामा परिचालन तथा विद्यमान सुरक्षा चुनौती लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

2083-05-29
APF News
माननीय गृहमन्त्री सुधन गुरुङद्वारा विपद् व्यवस्थापन सामग्रीको अवलोकन तथा निरीक्षण

माननीय गृहमन्त्री सुधन गुरुङले प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गर्नुभएको   छ ।  विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ माननीय गृहमन्त्रीले संगठनसँग उपलब्ध उद्धार सामग्री एवं आधुनिक उपकरणहरूको प्रत्यक्ष निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा माननीय गृहमन्त्रीले विपद्को समयमा नागरिकको जीउधनको रक्षा गर्न संगठनले खेल्दै आएको भूमिका, विपद् व्यवस्थापनसम्बन्धी आवश्यक तयारी, स्रोतसाधनको वैज्ञानिक उपलब्धता, उद्धार क्षमताको अभिवृद्धि एवं जनशक्तिको प्रभावकारी परिचालनका विषयमा विस्तृत जानकारी लिनुभएको थियो । सोही अवसरमा उहाँले उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै उद्धार कार्यमा कुनै कसर बाँकी नराख्न संगठनका उच्च अधिकारीहरूलाई निर्देशन समेत दिनुभएको थियो । यसैगरी माननीय गृहमन्त्री सुधन गुरुङले  भाद्र २९ गते प्रधान कार्यालय र ललितपुरस्थित नागदहमा विपद् व्यवस्थापनका लागि प्रयोग हुने आधुनिक उद्धार सामग्री, बोटहरू तथा खोज र उद्धारमा प्रयोग हुने विशेष उपकरणहरूको निरीक्षण गर्नुभएको थियो । अनुगमनका क्रममा उहाँले पूर्वतयारी चुस्त बनाउँदै घटना घटेको कमभन्दा कम समयभित्रै उद्धार टोली कार्यक्षेत्रमा पुग्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

2083-05-28

ट्रकको छतमा लुकाई छिपाई लैजाँदै गरेको १ हजार २ सय ४० के.जी.गाँजासहित ट्रक नियन्त्रणमा

धनकुटा जिल्लाको सागुरीगढी गाउँपालिका–६ फेदीस्थित कोशी लोगमार्गबाट भाद्र २३ गते राती करीव १ हजार २ सय ४० के.जी.को ३८ बोरा गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिईएको छ । धनकुटाबाट धरानतर्फ जाँदै गरेको ना ४ ख ५२७ नम्बरको मालबाहक ट्रकलाई गस्तीमा रहेको सशस्त्र प्रहरीले जाँच गर्न खोज्दा फरार भएको थियो । सो पश्चात सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश मुलघाटबाट सशस्त्र प्रहरी निरीक्षक मान बहादुर खड्काको कमाण्डमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले पछ्याई सोही लोकमार्गबाट नै सोे  ट्रक नियन्त्रणमा लिईएको हो । ट्रकको छतमा लुकाई छिपाई लैजाँदै गरेको सो गाँजासहित ट्रक नियन्त्रणमा लिईएकोमा चालक भने फरार रहेका छन् । बरामद गाँजा तथा ट्रक आवश्यक कारावहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।

2083-05-24
APF News
ब्राउन सुगरसहित भारतीय नागरिक नियन्त्रणमा

पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१६ लिङकरोडस्थित होटल अमन प्यालेसबाट करीव १ सय ग्राम ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिईएको छ । भारत घर बताउने अन्दाजी ३५ वर्षिय विशाल कुमार कुशवाहालाई उक्त ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । सो ठाउँमा लागूऔषध कारोवार गरिरहेको भन्ने एपीएफ इन्टेलिजेन्स व्यूरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३  गण पर्साबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र साउदको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनले उक्त ब्राउन सुगर भारतको रक्सौला नाका हुँदै नेपाल ल्याएको बताएका छन् । साथै उनले प्रयोग गरेको बीआर ०५ बीएस ०४१९ नम्बरको मोटरसाईकल तथा नेपाली र भारतीय रुपैयाँसमेत बरामद गरिएको छ । नियन्त्रणमा लिईएका कुशवाहालाई बरामद ब्राउन सुगर तथा अन्य सामानसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

2083-05-24
APF News
दुई करोड भन्दा बढीको एप्पल कम्पनीको एयर वर्डस बरामद

महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–६ मगरथानाबाट भाद्र २० गते बिहान सशस्त्र प्रहरीले करीव २ करोड ४० लाख रुपैयाँ बराबरको एप्पल कम्पनीको एयर वर्डस बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको १२ सय थान एयर वर्डस सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरीबाट सशस्त्र प्रहरी निरीक्षक राजेन्द्र बहादुर कार्की, सीमा सुरक्षा गुल्म रघुनाथपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश दत्त पाण्डे र बोर्डर आउट पोष्ट खैरवनीबाट सशस्त्र प्रहरी निरीक्षक कृष्ण गिरीको टोलीले बरामद गरेको हो । उक्त एयर वर्डस ल्याउने व्यक्ति भने सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ फरार भएका थिए । बरामद एयर वर्डस आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।

2083-05-20
APF News
रसुवागढी सीमानाकामा राष्ट्रिय झण्डा

नेपाल-चीन अन्तर्राष्ट्रिय सीमानाका रसुवागढीमा बाढी प्रभावितहरूको खोज तथा उद्धारका लागि खटिएको सशस्त्र प्रहरी बल, नेपालको विशेष टोलीले राष्ट्रिय झण्डा पुनः राखेको छ । भाद्र २० गते रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-२ स्थित सीमानाकामा उक्त झण्डा राखिएको हो । गत भाद्र १० गते ल्हेन्दे खोलामा आएको भीषण बाढीका कारण उक्त क्षेत्रको बाटो पूर्णरूपमा क्षतिग्रस्त भएको थियो । बाटो भत्किएपछि सीमा इलाकाको नियमित अनुगमनसमेत गर्न नसकिने जटिल अवस्था सिर्जना भएको थियो । बाढी प्रभावितहरूको खोज तथा उद्धारका साथै राष्ट्रिय स्वाभिमान र सीमा सुरक्षाको जिम्मेवारीलाई उच्च प्राथमिकतामा राख्दै सशस्त्र प्रहरीको टोली त्यसतर्फ परिचालन भएको थियो ।  नं. २० गुल्म रसुवाका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदिप राईको कमाण्डमा बोर्डर आउट पोस्ट टिमुरेबाट खटिएको टोली पर्वतीय उद्धार सामग्रीहरूको प्रयोग गर्दै करीव ३ किलोमिटर दुरीको अत्यन्तै जोखिमयुक्त भिरको बाटो छिचोलेर सीमानाकासम्म पुगेको हो । सो अन्तर्राष्ट्रिय सीमानाका रसुवागढीमा नेपाली सेनाको टोलीसमेत हेलिकप्टरमार्फत पुगेको थियो । त्यसपछि सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले संयुक्त रूपमा सो स्थानमा सफलतापूर्वक राष्ट्रिय झण्डा फहराएका हुन् ।

2083-05-20
APF News
वीरगति प्राप्त सशस्त्र प्रहरी जवान कुँवरको परिवारलाई सशस्त्र प्रहरी महानिरीक्षक पौडेलद्वारा समवेदना व्यक्त

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी कर्तव्य पालनाकै क्रममा वीरगति प्राप्त गर्नुभएका सशस्त्र प्रहरी जवान साजन कुँवरप्रति सशस्त्र प्रहरी बल नेपालले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । विपद्को घडीमा नागरिकको जीउधनको  रक्षाका लागि अग्रपंक्तिमा खटिएकै अवस्थामा कुँवरलाई भाद्र १० गते आएको बाढीले बगाएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले नुवाकोटको लिखु गाउँपालिका-१, बरफेदीस्थित स्वर्गिय कुँवरको घरमै पुगेर शोकविह्वल परिवारजनलाई समवेदना प्रकट गर्नुभएको हो । भेटका क्रममा महानिरीक्षक पौडेलले संगठनले सुम्पेको जिम्मेवारी निर्वाह गर्ने क्रममा जवान कुँवरले देखाउनुभएको साहस र बलिदानको इतिहास प्रति संगठन सधैँ ऋणी रहने बताउनुभयो । महानिरीक्षक पौडेलले सोही बाढीमा परी बेपत्ता हुनुभएका सशस्त्र प्रहरी सहायक हवल्दार आशिष पौडेलको परिवारसँग समेत भेटघाट गरी सहानुभूति प्रकट गर्नुभएको छ ।

2083-05-17

सशस्त्र प्रहरी बल, नेपाल

सामाजिक सञ्जालमा
विभिन्न सामाजिक सञ्जालमार्फत सशस्त्र प्रहरी बलसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

अडियो कार्यक्रम