उदयपुर जिल्लाको कटारी नगरपालिका–२ खोक्सा स्थित सिद्दिचरण लोकमार्गबाट असार ३० गते सुरक्षा वेश कटारीले करीव ४३६ किलोग्राम गाँजासहित बलेरो पिकअप गाडी तथा चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको छ ।
धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–३ स्थित धनुष सागर पोखरीमा डुवेका व्यक्तिको असार २५ गते राती करीव १ बजे सुरक्षा बेश जनकपुरबाट खटिएको सुरक्षा फौजले सकुशल उद्वार गरेको छ ।
संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालको प्रमुख आतिथ्यमा प्रधान कार्यालयमा असार १७ गते सशस्त्र प्रहरी परिवार महिला संघको २४औँ वार्षिकोत्सव विशेष कार्यक्रमकासाथ सम्पन्न भएको छ ।
सुनसरी जिल्लाको दुहबी नगरपालिका–७ भलुवास्थित सीमा ईलाकाबाट असार १५ गते नंं.४ गण सुनसरीले करीव ४ लाख २० हजार रुपैयाँ बराबरको चिनीसहितको ट्याक्टर नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले असार ४ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनुभएका गणेश बहादुर ठाडा मगरलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
इलाम जिल्लाको सुर्योदय नगरपालिका–२ चारमाइलबाट असार १ गते प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले ३२ लाख ६९ हजार ५ सय ५७ रुपैयाँ बराबरको चाँदी र सुनको जलप लगाएको गहनासहित दुई पुरुषलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको छ ।
सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट असार २ गते सुरक्षा वेश धरानले करीव २ हजार १ सय ३० किलो गाजाँसहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको छ ।
पर्सा जिल्लाको विरगंज महानगरपालिका–६ रेशमकोटीबाट असार १ गते प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंज र भन्सार कार्यालयको संयुक्त टोलीले लुकाई छिपाई राखेको करीव २२ लाख ७१ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरी सम्बन्धित निकायमा बुझाएको छ ।
बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ डम्पिङ्ग साइटबाट जेठ ३१ गते नं. १२ गण बाराले करीव ३९ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न मोवाईलको पार्ट्स बरामद गरेको छ ।
नं. २४ बाघभैरव गुल्मको आयोजनामा जेठ ३० गते काठमाडौ महानगरपालिपका–२७ रत्नपार्क शान्तिवाटिका स्थित रानीपोखरीमा मनसुनजन्य विपद् प्रतिकार्य कृत्रिम अभ्यास तथा नगर प्रहरी प्रशिक्षण कार्यक्रम संचालन भएको छ ।
पर्सा जिल्लाको बिरगंज महानगरपालिका–१६ स्थित भन्सार चेकजाँच बिन्दुबाट जेठ ३० गते प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजले १८ लाख नेपाली रुपैयाँसहित सोही महानगरपालिका–२ छप्कैया बस्ने २१ वर्षिय र बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ बस्ने ४० वर्षिय पुरुषलाई नियन्त्रणमा लिएको छ ।
नं. २४ कालिका गण कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको समन्वयमा गणमा जेठ २१ गतेदेखि ‘समुदाय विपद् स्वयं सेवक’ तालिम संचालन भएको छ । सो तालिमको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको थियो ।
सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–५ र ६ स्थित सीमा ईलाकाबाट जेठ २० गते बोर्डर आउट पोष्ट घुस्की, बसन्तपुर र नेपाल प्रहरीको संयुक्त टोलीले ३८ वटा बाेरामा प्याक गरी राखेको करीव १ हजार १ सय २० के.जी. गाँजा बरामद गरेको छ ।