दार्चुला,
दार्चुला जिल्लाको महाकाली नगरपालिका ५ स्थित महाकाली नदिको बीचमा फसेकी
एक महिलाको सशस्त्र प्रहरीले फागुन १ गते सकुशल उद्वार गरेको छ ।
सोही ठाउँ बस्ने करीव ३० वर्षिया ललिता ओड उक्त नदिमा बालुवा निकाली
रहेको अवस्थामा पानीको बहाव बढ्न गई नदिको बीच भागमा फसेको बताईएको छ ।
सोबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण
दार्चुलाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक टेकबहादुर ऐडीको कमाण्डमा
खटिएको सशस्त्र प्रहरीले उनको उकुशल उद्वार गरेको हो ।