धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–३ स्थित धनुष सागर पोखरीमा डुवेका व्यक्तिको असार २५ गते राती करीव १ बजे सुरक्षा बेश जनकपुरबाट खटिएको सुरक्षा फौजले सकुशल उद्वार गरेको छ ।
संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालको प्रमुख आतिथ्यमा प्रधान कार्यालयमा असार १७ गते सशस्त्र प्रहरी परिवार महिला संघको २४औँ वार्षिकोत्सव विशेष कार्यक्रमकासाथ सम्पन्न भएको छ ।
सुनसरी जिल्लाको दुहबी नगरपालिका–७ भलुवास्थित सीमा ईलाकाबाट असार १५ गते नंं.४ गण सुनसरीले करीव ४ लाख २० हजार रुपैयाँ बराबरको चिनीसहितको ट्याक्टर नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले असार ४ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनुभएका गणेश बहादुर ठाडा मगरलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
इलाम जिल्लाको सुर्योदय नगरपालिका–२ चारमाइलबाट असार १ गते प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले ३२ लाख ६९ हजार ५ सय ५७ रुपैयाँ बराबरको चाँदी र सुनको जलप लगाएको गहनासहित दुई पुरुषलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको छ ।
सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट असार २ गते सुरक्षा वेश धरानले करीव २ हजार १ सय ३० किलो गाजाँसहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको छ ।
पर्सा जिल्लाको विरगंज महानगरपालिका–६ रेशमकोटीबाट असार १ गते प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंज र भन्सार कार्यालयको संयुक्त टोलीले लुकाई छिपाई राखेको करीव २२ लाख ७१ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरी सम्बन्धित निकायमा बुझाएको छ ।
बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ डम्पिङ्ग साइटबाट जेठ ३१ गते नं. १२ गण बाराले करीव ३९ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न मोवाईलको पार्ट्स बरामद गरेको छ ।
पर्सा जिल्लाको बिरगंज महानगरपालिका–१६ स्थित भन्सार चेकजाँच बिन्दुबाट जेठ ३० गते प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजले १८ लाख नेपाली रुपैयाँसहित सोही महानगरपालिका–२ छप्कैया बस्ने २१ वर्षिय र बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ बस्ने ४० वर्षिय पुरुषलाई नियन्त्रणमा लिएको छ ।
नं. २४ बाघभैरव गुल्मको आयोजनामा जेठ ३० गते काठमाडौ महानगरपालिपका–२७ रत्नपार्क शान्तिवाटिका स्थित रानीपोखरीमा मनसुनजन्य विपद् प्रतिकार्य कृत्रिम अभ्यास तथा नगर प्रहरी प्रशिक्षण कार्यक्रम संचालन भएको छ ।
नं. २४ कालिका गण कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको समन्वयमा गणमा जेठ २१ गतेदेखि ‘समुदाय विपद् स्वयं सेवक’ तालिम संचालन भएको छ । सो तालिमको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको थियो ।
सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–५ र ६ स्थित सीमा ईलाकाबाट जेठ २० गते बोर्डर आउट पोष्ट घुस्की, बसन्तपुर र नेपाल प्रहरीको संयुक्त टोलीले ३८ वटा बाेरामा प्याक गरी राखेको करीव १ हजार १ सय २० के.जी. गाँजा बरामद गरेको छ ।
जेठ ११ गते नं. २३ मनकामना गण भानु तनहुँको आयोजनामा भानु नगरपालिका–१ भन्सारस्थित भानु नगर कार्यपालिकाको सभाहलमा समुदाय विपद् स्वयंसेवक तालिम संचालन भएको छ । सो नगरपालिका अन्तर्गतका वडाहरुबाट प्रतिनिधित्व गरी ५८ जना प्रशिक्षार्थी सहभागि रहेको तालिम जेठ २८ गतेसम्म संचालन हुनेछ ।