झापा,
झापा जिल्लाको भद्रपुर नगरपालिका ६ स्थित नयाँबस्ती ईलाकाबाट फागुन १
गते सशस्त्र प्रहरीले एक नाल कटुवा पेस्तोलसहित सोही ठाउँ बस्ने २४
वर्षिय मुगा माझीलाई पक्राउ गरेको छ ।
विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट
खटिएको सशस्त्र प्रहरीले निज माझीको घरमा खानतलासी गर्दा घरको बरण्डामा
झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारेको हो ।
पक्राउ परेका माझीलाई बरामद कटुवा पेस्तोलसहित आवश्यक कारवाहीको लागि
नेपाल प्रहरीलाई बुझाईएको छ ।