काठमाडौं,
नेपाल एपीएफ अस्पताल बलम्बुको हाताभित्र निर्माण हुन लागेको ईमर्जेन्सी
र ओ.टी. भवनको फागुन ११ गते सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले
शिलान्यास गर्नुभएको छ ।
बुधबार बिहान ८ बजेको शुभसाइतमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले उक्त
भवनको जगमा बैदिक बिधी अनुसार पुजा गरी शिलान्यास गर्नुभयो ।
सो समारोहमा सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुको समेत उपस्थिती
रहेको थियो ।