धनुषा,
धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट फागुन २
गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको ब्यक्तिले सशस्त्र प्रहरी बल, नेपाल
बिओपी खजुरीबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथ बोकेको झोला सोही
ठाउँमा छाडी फरार भएपछि सो झोलाभित्र जाँच गर्दा नोफिन ईन्जेक्सन ४ सय
३८ वटा, डाईजापाम २ सय ४३ वटा, फेनेरागन ४ सय ४७ वटा र डाईजेल्याप १ सय
५८ वटा फेला पारेको हो । बरामद लागूऔषध नेपाल प्रहरीलाई बुझाईएको छ ।