लमजुङ,
लमजुङ जिल्लाको बेशी शहर नगरपालिका ११ रामचोकस्थित मस्र्याङ्दी नदिमा
बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फागुन ११ गते फेला पारेको छ ।
हिमालयन हाईड्रोपावरको आयोजनामा काम गर्ने २१ वर्षिय दिनेश तामाङ्ग उक्त
आयोजनाको ब्लाष्टिङ्ग गरेर पानी खोल्ने क्रममा चिप्लन गई उक्त नदिमा
बेपत्ता भएका थिए ।
सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म
लमजुङबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको
शव नदिबाट बाहिर निकालेको हो ।