काठमाडौं,
झापा जिल्लाको अर्जुनधारा नगरपालिका ११ कालिझोरा स्थित पूर्व-पश्चिम
लोकमार्गबाट फागुन १ गते सशस्त्र प्रहरीले करीव १ लाख ७२ हजार रुपैयाँ
बराबरको चोरीपैठारीको लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ ।
अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल सुरक्षा
वेश शनिश्चरेले बरामद गरेको हो ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीले माघ २ गते करीव १ लाख ६४
हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा मोटर पार्ट्स बरामद
गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले मोरङ्ग
जिल्लाको बिराटनगर महानगरपालिका १५ रानीस्थित सीमा ईलाकबाट बरामद गरेको
हो ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।