कन्चनपुर,
कन्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ स्थित बारगिल डाँडा सीमा
ईलाकाबाट फागुन ११ गते सशस्त्र प्रहरीले २१ वटा नाईट्रोभेट ट्याब्लेटसहित
कैलाली जिल्लाको गोदावरी नगरपालिका १ बस्ने २६ बर्षिय प्रकाश
विश्वकर्मालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी आँपतालबाट खटिएको टोलिले उनलाई शंका लागी
जाँच गर्दा उनको साथमा उतm लागुऔषध फेला पारेपछि पक्राउ गरेको हो ।
पक्राउ परेका विश्वकर्मालाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि
नेपाल प्रहरीलाई बुझाईएको छ ।