Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित पक्राउ
मोरङ, मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित भन्सार ईलाकाबाट कार्तिक २७ गते सशस्त्र प्रहरीले एभिल १० एम्पुल, लुपीलेसिक १० एम्पुल, डाईजापाम १० एम्पुल र फेनेर्जाम १० एम्पुलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको कानेपोखरी गाउँपालिका ५ बस्ने २७ बर्षिय प्रकाश राई छन् । बा ८३ प २५४४ नम्बरको स्कुटरमा सवार निज राईलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला उनले प्रयोग गरेको उक्त स्कुटर समेत बरामद गरिएको छ । पक्राउ परेका राईलाई बरामद लागूऔषध तथा स्कुटरसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-07-28
APF News
चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्धारा बरामद
काठमाडौं, सिरहा जिल्लाको औरही गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट कार्तिक १३ गते सशस्त्र प्रहरीले करीव १ लाख १५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट इट्टाटारबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कलैयाबाट खटिएको सशस्त्र प्रहरीले कार्तिक १३ गते भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको करीव १ लाख १३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बारा जिल्लाको फेटा गाउँपालिका २ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
2078-07-14
APF News
लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा एक जना पक्राउ
कञ्चनपुर, कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ११ डोके बजारबाट कार्तिक १४ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ३ बस्ने २३ बर्षिय बिजय नेपालीलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका निज नेपालीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोके बजारबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट १० वटा र प्रोक्सीवेल स्पास ट्याब्लेट ४२ वटा फेला पारेको हो । पक्राउ परेका नेपालीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-07-14
APF News
लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा तीन जना पक्राउ
काठमाडौं, पर्सा जिल्लाको बीरगंज महानगरपालिका २५ सिर्सिया सीमा ईलाकाबाट कार्तिक ११ गते सशस्त्र प्रहरीले १ सय २० वटा नाईट्रोभेट ट्याब्लेसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा जिल्लाको निजगढ नगरपालिका १३ बस्ने २२ वर्षिय आमस वि.क. र पर्सा जिल्लाको बीरगंज महानगरपालिका १५ भिस्वा बस्ने २४ वर्षिय शेखर कुमार सिहं छन् । भारतबाट ना ५० प ४९०१ नम्बरको स्कुटरमा नेपालपतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोर्टबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेका हो । त्यसवेला उक्त स्कुटर समेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा स्कुटरसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बीरगंजबाट खटिएको सशस्त्र प्रहरीले कार्तिक ११ गते १३ वटा नाईट्रोभेट ट्याब्लेटसहित बारा जिल्लाको फेटा गाउँपालिका ४ बस्ने १९ वर्षिय गोविन्द कुमार मुखियालाई पक्राउ गरेको छ । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ सीमा ईलाकाबाट नेपालतर्फ आउँदै गरेका निज मुखियालाई ड्यूटिमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका मुखियालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-07-12
APF News
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्धारा बरामद
काठमाडौं, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ४ गैडा भेटपुरस्थित सीमा ईलाकाबाट कार्तिक १० गते सशस्त्र प्रहरीले करील २ लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा इलेक्ट्रोनिक्स सामान बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट कार्तिक १० गते सशस्त्र प्रहरीले करीव १ लाख ११ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा कस्मेटिक समान बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
2078-07-11
APF News
लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा पक्राउ
पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट कार्तिक १० गते सशस्त्र प्रहरीले लागूऔषधसहित सोही जिल्लाको बदुमाई नगरपालिका २ बस्ने २३ बर्षिय रामाकान्त प्रसाद कानुलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट १५ वटा र वीनरेक्स १ बोतल फेला पारेको हो । त्यसवेला सशस्त्र प्रहरीले उनले प्रयोग गरेको मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका कानुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-07-11
APF News
सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ तोकिनु भएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई सम्पर्क गर्न मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना कउयपभकउभचकयल२बउा।नयख।लउ रहेको छ । संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई दिइएको हो । सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई बुधबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले सोे जिम्मेवारी बुझ-बुझारथ गर्नुभएको हो । त्यसअवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्यालले उक्त जिम्मेवारी निर्वाहको क्रममा विभिन्न आम संचार माध्यम, विज्ञ संचारकर्मीहरु, विभिन्न संघसंस्था तथा निकायका विशिष्ट व्यक्तिहरुबाट प्राप्त भएको सहयोग, समन्वय तथा सहकार्यप्रती हार्दिक आभार प्रकट गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्यालले संगठन र राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा सशस्त्र प्रहरी बल, नेपालले सम्पादन गरेका विभिन्न जनसरोकारका विषयहरुबारेका सूचना तथा समाचार प्रकाशन प्रसारणमा उहाँहरुबाट प्राप्त भएको सहयोग आगामी दिनहरुमा समेत निरन्तर रुपमा रहने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी बल, नेपाल विश्व शान्तिका लागि विभिन्न युएन मिशनहरुमा विदेशमा रहेर तथा देशका ७७ वटै जिल्लाका विभिन्न ठाउँहरुमा अहोरात्र परिचालित रहि शान्ति सुरक्षा, सीमा सुरक्षा, सीमामा हुने विभिन्न प्रकृतीका अपराध नियन्त्रण, अवैध चोरीपैठारी तथा निकासी नियन्त्रण, आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति पक्राउ, विभिन्न समयमा भएका विपद् जन्य घटना तथा दुर्घटनाहरुमा परेका पीडित नागरिकहरुको उद्धार कार्य लगायत विभिन्न निकाय तथा आम नागरिकहरुसँग समेत हातेमालो गर्दै विविध कार्यसम्पादनमा क्रियाशिल रहिरहेको छ ।
2078-07-10
APF News
चोरीपैठारीका बिभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामद
काठमाडांै, धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २३ स्थित सीमा ईलाकाबाट कार्तिक ०४ गते सशस्त्र प्रहरीले करीव ३ लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, पित्तलको लोटा तथा मोबाईल पाटर््स बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गणबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट देबडिहाबाट खटिएको सशस्त्र प्रहरीले कार्तिक ०५ गते करीव १ लाख ९६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा प्लाष्टिकका बिभिन्न सामाग्रीहरु बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ भडरीया स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले कार्तिक ०४ गते करीव १ लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीको किराना सामान तथा सुपारी बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको किराना सामान तथा नेपालबाट चोरीनिकासी गरी भारततर्फ लैजाँदै गरेको सुपारी सशस्त्र प्रहरीले झापा जिल्लाको मेचीनगर नगरपालिका ८ स्थित जोरसिमलबाट बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
2078-07-05
APF News
पहिरोमा पुरिएर बेपत्ता भएका ६ जनाको शव फेला
काठमाडौं, पाँचथर जिल्लाको फिदिम नगरपालिका ४ स्थित जोरसलमा पहिरोले पुरिएर बेपत्ता भएका दुई जनाको शव सशस्त्र प्रहरीले कात्तिक २ गते फेला पारेको छ । सोही ठाउँ बस्ने २३ बर्षिया ममता लिम्बु र निजकोे ३ बर्षिय छोरा रोयल मगर घरमा बसिरहेको अवस्थामा पहिरोले उक्त घर पुरिएर उनिहरु बेपत्ता भएको भन्ने जानकारी पाएपछि खोज तथा उद्धार कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गुल्म बाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनिहरुको शव फेला पारेको हो । यसैगरी हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका ५ स्थित खार्तेलमा पहिरोले पुरिएर बेपत्ता भएका ४ जनाको शव सशस्त्र प्रहरीले कार्तिक २ गते फेला पारको छ । सोही ठाउँमा रहेको एक घर पहिरोले पुरिएर ६ जना वेपत्ता भएको भन्ने जानकारी पाएपछि खोज तथा उद्धार कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गुल्म बाट खटिएको सशस्त्र प्रहरीले ४ जनाको शव फेला पारेको हो । अन्य २ जनाको खोजीकार्य भइरएको बताइएको छ ।
2078-07-03
APF News
अविरल बर्षाको कारण डुवानमा परेकाहरुको उद्वारमा सशस्त्र प्रहरीको सकृयता
काठमाडौं, झापा जिल्लाको बिभिन्न ठाउँहरुमा अविरल वर्षासँगै आएको बाढिले डुबानमा परेका करिब २ सय घरपरिवारका ६६१ जनालाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणसहित सशस्त्र प्रहरी बल नेपालका बिभिन्न युनिटबाट सशस्त्र प्रहरी सो उद्धारमा सकृयताका साथ जुटेको हो । यसैगरी कैलाली जिल्लाको भजनी नगरपालिका ७ स्थित हिक्मतपुर स्थित मोहना नदीमा पानीको बहाव बढेर करिब ७५ घरधूरी डुवानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिक्मतपुरबाट खटिएको सशस्त्र प्रहरी उनिहरुको उद्धारकार्यमा सकृयताका साथ जुटेको हो । यसैगरी सुनसरी जिल्लाको वर्जु गाउँपालिका ३ फरामचोक स्थित करिब ५० घर डुबानमा परेपछि सो ठाउँमा बसोबास गर्ने अन्दाजी २०० जनालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अमदुवाबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ । यसैगरी कञ्चनपुर जिल्लाका वेलौरी नगरपालिका २ स्थित खैरेनीमा बाढिले ३ वटा घरहरु डुवानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट थापाचोकबाट खटिएको सशस्त्र प्रहरीले डुबानमा परेका ब्यत्तिहरुलाई सुरक्षित स्थानमा सारेको छ । यसैगरी कैलाली जिल्लाको गोदावरी नगरपालिका ८ स्थित खुटिया खोलाको बिचमा फसेको अवस्थामा दुई जनाको सशस्त्र प्रहरीले कात्तिक १ गते सकुशल उद्धार गरेको छ । सोही नगरपालिका ९ बस्ने ४५ बर्षिय मान बहादुर थापा र ४२ बर्षिया रेणु थापा उक्त खोलामा ढुङ्गागिट्टी संकलन गर्ने क्रममा खोलाको बिचमा फसेको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ गण कैलालीबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनिहरुको सकुशल उद्धार गरेको हो । त्यसबेला सोही नगरपालिका ८ बस्ने ३० बर्षिय गणेश औजी भने उक्त खोलाले बगाएर बेपत्ता भएको बताईएको छ । यसैगरी डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका ४ स्थित रंगुन खोलाको बिचमा फसेका ५ जनाको सशस्त्र प्रहरीले कात्तिक २ गते सकुशल उद्धार गरेको छ । सोही ठाउँ बस्ने ५ जना ब्यत्तीहरु धान काट्न खेतमा जाने क्रममा सो खोलामा पानीको बहाव बढ्न गई खोलाको बिचमा अलपत्र परेको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट परिगाउँबाट खटिएको सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले ट्युबको प्रयोग गरि उनिहरुको सकुशल उद्धार गरेको हो ।
2078-07-03