महोत्तरी,
महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट मंसीर २० गते
सशस्त्र प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषा जिल्लाको मिथिला नगरपालिका ६ बस्ने ३७ बर्र्र्षिय
प्रमोद चौधरी छन् ।
उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको टोलीले
शंका लागि जाँच गर्दा उनको साथमा एक्जिप्लो ९ बोतल र डाईलेक्स ५ बोतल
फेला पारेको हो ।
पक्राउ परेका चौधरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल
प्रहरीलाई बुझाईएको छ ।