काठमाडौं, पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ ईनर्वा स्थित सीमा ईलाकाबाट मंसीर १९ गते सशस्त्र प्रहरीले करीव १ लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले २ वटा मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन थापाको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो । त्यसवेला उक्त दुईवटै मोटरसाईकलसमेत बरामद गरिएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य २ लाख ३५ हजार रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट सशस्त्र प्रहरी निरीक्षक प्रभात कुमार गौतमको कमाण्डमा खटिएको टोलीले मंसीर १९ गते करीव १ लाख ४६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको ईलेक्ट्रोनिक समान बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
APF