काठमाडौं,
महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सीचोकबाट मंसीर १९ गते
सशस्त्र प्रहरीले करीव १ लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीका
बिभिन्न सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवश्थामा कस्मेटिक सामान
तथा मोटरपाट्र्स सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट
खटिएको टोलीले बरामद गरेको हो ।
यसैगरी पर्सा जिल्लाको वीरगंज महानगरपालिका १९ ईनरुवा स्थित सीमा
ईलाकाबाट मंसीर १९ गते सशस्त्र प्रहरीले करीव १ लाख २० हजार रुपैयाँ
बराबरको चोरीपैठारीको किराना सामान तथा लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवश्थामा उक्त सामान
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको टोलीले
बरामद गरेको हो ।
त्यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित सीमा
ईलाकाबाट मंसीर २० गते सशस्त्र प्रहरीले करीव १ लाख २५ हजार रुपैयाँ
बराबरको चोरीपैठारीको जुत्ता तथा लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवश्थामा उक्त सामान
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको टोलीले बरामद
गरेको हो ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।