झापा, झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका २ आँपगाँछी स्थित कमल खोलामा डुवेर वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले मंसीर १९ गते फेला पारेको छ । सोही जिल्लाको झापा गाउँपालिका १ बस्ने ४९ बर्षिय भिम सोरेन मंसीर १८ गते माछा मार्ने क्रममा डुवेर वेपत्ता भएको बताईएको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट आँपगाँछीबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा उनको शव पानीमा डुवेको अवस्थामा फेला पारेको हो ।
APF