काठमाडौं,
सशस्त्र प्रहरी बल, नेपालको निशान भगवती श्री बगलामुखी माईको पञ्चवली एवं
मंसिर पूजा सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मंसीर २५ गते विहान पूजाको
शुभ-साईतमा ललितपुरको कुम्भेश्वरमा अवस्थित बगलामुखी माईको मन्दिरमा पूजा
गर्नुभएको हो ।
बिहान ०४ बजेर ३० मिनेटको पुजाको संकल्प साइतमा सशस्त्र प्रहरी
महानिरीक्षक खनालले विशेष कार्यक्रमका बीच पुजाअर्चना गर्नुभएको थियो ।
सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजा कार्यक्रममा
सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृत, विल्लादार तथा जवानहरुको
उपस्थित रहेको थियो ।