सर्लाही,
सर्लाही जिल्लाको हरिवन नगरपालिका ६ ईलाकाबाट मंसीर १५ गते सशस्त्र
प्रहरीले करीव ६ के.जी. गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको बागमती नगरपालिका ८ बस्ने २१ वर्षिय कवान
तामाङ्ग छन् ।
उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीबाट खटिएको सशस्त्र
प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त गाँजा फेला पारेको हो ।
पक्राउ परेका तामाङ्गलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि नेपाल
प्रहरीलाई बुझाईएको छ ।