कैलाली ,
कैलाली जिल्लाको भजनी नगरपालिका ७ स्थित हुलाकीमार्गबाट मंसीर २४ गते
सशस्त्र प्रहरीले दूईनाले बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको घोडाघोडी नगरपालिका बस्ने ५५ बर्षिय
दयाराम चौधरी, ३५ बर्षिय अजय चौधरी र २९ बर्षिय तुलाराम चौधरी छन् ।
दुई वटा मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट
पोष्ट हिम्मतपुरले सो बन्दुकमा प्रयोग हुने ८ वटा टोटा कार्टिजसहित
पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई बरामद बन्दुक तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको
लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।