संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफ.पी.यू.)मा सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्किएको ११औँ डफ्फाको टोली बैशाख २४ गते राती स्वदेश फिर्ता भएको छ । स्वदेश फिर्ता भएको टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले बैशाख २५ गते प्रधान कार्यालय हलचोक स्वयम्भुमा स्वागत गर्नुभएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफपीयू) को रुपमा कार्य गर्न जाने १२औं डफ्फाको बैशाख २१ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हार्दिक बिदाई गर्नुभएको छ ।
धादिङ जिल्लाको रुवि भ्यालि गाउँपालिका– १ तिप्लिङमा सशस्त्र प्रहरी बल नेपालको विओपी स्थापना भएको छ । माननीय गृहमन्त्री रमेश लेखकले बैशाख १९ गते उक्त विओपीको उद्घाटन गर्नुभएको हो ।
नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं. १३ हायर कमाण्ड तथा म्यानेजमेन्टमा तालिमरत ३५ जना नेपाली सेनाका अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकको बैशाख १९ गते अवलोकन भ्रमण गर्नुभएको छ ।
माननीय गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा बैशाख १९ गते सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्वार तालिम शिक्षालय मनाङ्गमा संचालित सिं.संं. १ उच्च भुभाग खोज तथा उद्धार तालिम समापन भएको छ । भएको छ ।
बैशाख १७ गते धनकुटा जिलाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरनास्थित कोशी लोकमार्गबाट ४ सय २१ किलो गाँजासहित एउटा कारलाई बिपद् ब्यबस्थापन वेश मुलघाटले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी जवान विजय जंंगमले लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा फहराएका छन् । उनले बैशाख १४ गते बिहान ७ बजेर १२ मिनेटको समयमा ६ हजार १ सय मिटर अग्लोे हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका हुन् ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गर्न जान लागेका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्त बहादुर छत्याललाई ‘सगरमाथा सम्वाद’को झण्डा हस्तान्तरण गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैशाख १४ गते सम्माननीय प्रधानमन्त्री ओलीले झण्डा हस्तान्तरण गर्नुकासाथै सगरमाथा सफल आरोहणको शुभकामनासहित हार्दिक विदाई गर्नुभएको हो । यसअघि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रधान कार्यालय हल्चोक स्वयम्भुमा सहायक निरीक्षक छत्याललाई सशस्त्र प्रहरी बल नेपालको झण्डा हस्तान्तरण गरी हार्दिक विदाई गर्नुभएको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बैशाख ७ गते एपीएफ कमाण्ड तथा स्टाफ कलेज कठमाडौँमा संचालन भएको नवौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन र दशौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष उद्घाटन गर्नुभएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बैशाख २ गते प्रधान कार्यालय हलचोक स्वयम्भुममा अनिवार्य अवकाश जान लाग्नुभएका सशस्त्र प्रहरी अतरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई हार्दिक विदाई गर्नुभएको छ । साथै सोही अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले सो संघकी उपाध्यक्ष श्रीमती मुना शर्मा गौतमलाई समेत हार्दिक विदाई गर्नुभएको थियो ।
UNMISS Field Office Juba का कमाण्डर Togba Jeremiah MASSAQUOI को नेतृत्वमा नेपाल FPU-1 का कमाण्डिङ्ग अफिसर तथा अपरेशन अधिकृत लगायतको टोलीले दक्षिण सुडानको जुबामा रहेका दुई IDP शिविरभित्र गस्ती तथा मिशनसँग सम्बन्धित विविध गतिविधि संचालन गरेको छ ।
माननीय गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा चैत्र २९ गते प्रधान कार्यालय हलचोक स्वयम्भुमा ‘एपीएफ महिन्द्रा स्पोर्ट्स अवार्ड–२०८१’ सम्पन्न भएको छ । समारोहमा माननीय गृहमन्त्री रमेश लेखक लगायतका महानुभावहरुले समेत खेलाडी र प्रशिक्षकहरुलाई अवार्ड प्रदान गर्नुभएको थियो ।
पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका–३ दुर्गा मन्दिर चोकबाट चैत्र २९ गते नं. २६ गण पश्चिम नवलपरासीले लागूऔषधसहित भारत घर बताउने ४५ बर्षिय, २५ बर्षिय र २१ बर्षिय पुरुषलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको छ ।
चैत्र २८ गते सुनसरी जिल्लाको कोशी गाउँपालिका–१ स्थित सीमा ईलाकाको वेलाहा बजारबाट बिओपी लौकहीले सोही जिल्लाको रामधुनी नगरपालिका–२ धमौरा बस्ने २४ बर्षिय पुरुषको साथबाट ५ ग्राम २१ मिलिग्राम र चैत्र २७ गते धरान उपमहानगरपालिका–५ बस्ने २७ बर्षिय पुरुष र सोही उपमहानगरपालिका–११ बस्ने २५ बर्षिया महिलाको साथबाट ८ ग्राम ७ सय ६० मिलिग्राम खैरो हेरोईनसहित नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रधान कार्यालय हलचोक स्वयम्भुमा चैत्र २८ गते सर्वोच्च शिखर सगरमाथा आरोहणमा जान लागेका पूर्व सशस्त्र प्रहरी हवल्दार अक्कलबहादुर बोहोरालाई सशस्त्र प्रहरी बल नेपालको झण्डा हस्तान्तरण गर्नुहुँदै सगरमाथा सफल आरोहणको शुभकामनासहित हार्दिक बिदाई गर्नुभएको छ ।