सशस्त्र प्रहरीले सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा ईलाकाबाट जेठ २ गते राती करीब १९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको सामान र ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सोही ठाउँ बस्ने ५० बर्षिय राजेश यादव र ३९ बर्षिय आनन्द यादवलाई नं. ७ गण सिरहाबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।
स १ ख ५३५ नम्बरको ट्रकमा राखेर नेपालबाट अबैध रुपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको कस्मेटिक सामान, टुथ पेस्ट, २ सय ६० केजी ओखरसहित गाडि समेत विशेष सूचनाको आधारमा नियन्त्रणमा लिईएको हो । गाडिको अन्दाजी मुल्य २१ लाख रहेको छ भने नियन्त्रणमा लिएकाहरु गाडिका चालक र सहचालक हुन् ।
नियन्त्रणमा लिईएका दुवै जनालाई नेपाल प्रहरीलाई बुझाईएको छ भने बरामद सामान भन्सार बुझाउने प्रक्रियामा रहेको छ ।