सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा संचालित  उच्च भुभाग  खोज तथा उद्धार तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले चुलु फार ईष्ट हिमालको सफल आरोहण गरेका छन् ।
तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक बाबुराम थापाको कमाण्डमा ४ जना प्रशिक्षक सहित १८ प्रशिक्षार्थीले  २ जना शेर्पा गाइडको सहयोगमा बैशाख २९ गते  विहानको ६ः४५ बजेको समयमा ६ हजार ३८ मिटर अग्लो चुलु फार ईस्ट हिमालको सफल आरोहण गरेका हुन । 
उक्त टोली बैशाख २७ गते  मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका- ३ चुुलुबाट त्यसतर्फ प्रस्थान गरेको थियो भने  बैशाख २८ गते राति २३:०० बजेबाट हिमाल आरोहण शुरू गरेको थियो ।

APF