मकवानपुर जिल्लाको ईन्द्रसरोबर गाउँपालिका–२ हेवीबाट बैशाख २९ गते सशस्त्र प्रहरीले विलविजक विनाको लत्ताकपडा बरामद गरेको छ ।
हेटौडाबाट काठमाडौंतर्फ आउदै गरेको मधेश प्रदेश ०३–००१ ज ०५३९ नम्बरको यात्रुबाहक इभि गाडीमा शंका लागि चेकजाँच गर्ने क्रममा बिल बिजक नभएको ६ बोरा सर्टिङ सुटिङको कपडा सशस्त्र प्रहरी बल, नेपाल बिपद् व्यवस्थापन बेश कुलेखानीले बरामद गरेको हो ।
उक्त कपडा काठमाडौं लैजान भनि हेटौडा बजारबाट अपरिचित व्यक्तिले गाडीमा राखेको र  आफु मोटरसाईकलमा आउछु भने पनि  सम्पर्कमा नआएको गाडी चालकले बताएका छन् ।  बरामद लत्ताकपडा सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।

APF