काठमाडौं,
गृहसचिव राजकुमार श्रेष्ठले नेपाल सरकार मन्त्रिपरिषद्को यही बैशाख १४ गतेको निर्णयले सशस्त्र प्रहरी महानिरीक्षक पदमा पदोन्नती हुनुभएका नारायणदत्त पौडेललाई सोमबार मन्त्रालयमा आयोजित विशेष समारोहकाबीच सशस्त्र प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्हबाट सु–शोभित गर्नुभएको छ ।
त्यसअवसरमा गृहसचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी महानिरीक्षक पदमा पदोन्नती हुनुभएकोमा महानिरीक्षक नारायणदत्त पौडेललाई हार्दिक बधाई दिनुहुँदै कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।
गृहसचिव श्रेष्ठले संगठनभित्र पेशागत दक्षता, क्षमतालाई अभिबृद्धि गर्दै सरुवा, बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन अग्रसर रहन निर्देशन दिनुहुँदै सरुवा प्रणाली र बृत्तिविकास दुवैलाई प्रभावकारी रुपमा व्यवस्थित गरिएमा असन्तुष्टी र गुनासो कम हुने विश्वास व्यक्त गर्नुभयो ।
सशस्त्र प्रहरी बल नेपालले द्यक्ष्च्म् को अवधारणा अनुरुप कार्यक्षेत्रमा सिमित श्रोतसाधनको वावजुद उत्कृष्ट नतिजा आउने गरी कार्यसम्पादन गर्दै आइरहेको बताउनुहुँदै आगामी मनसुनजन्य विपद्मा समेत सशस्त्र प्रहरी बल नेपाल पूर्व तयारीकासाथ उद्धार, व्यवस्थापन तथा राहत कार्यमा जुट्न निर्देशन दिनुभयो ।
त्यसैअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी महानिरीक्षक जस्तो गरिमामय पदमा पदोन्नती प्रदान गर्नुभएकोमा नेपाल सरकार मन्त्रिपरिषद् तथा गृहमन्त्रालयप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै सशस्त्र प्रहरी बल नेपालमा सेवारत रहँदा कर्तव्यको बलिवेदीमा प्राणोत्सर्ग गर्नुहुने बीर सपुतहरुको बलिदान तथा अमुल्य योगदानको स्मरण गुर्नुहुँदै देश र जनताको लागि प्राणोत्सर्ग गर्ने संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठलगायत अमर सशस्त्र प्रहरीहरुको चिरशान्तिको कामना गर्नुहुँदै घाईते तथा अंगभंग हुनुभएका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।
उहाँले सशस्त्र प्रहरी महानिरीक्षक पद केवल संगठनको नेतृत्व गर्ने औपचारिक जिम्मेवारी मात्र नभई नेपालको राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा, शान्ति तथा सुशासन कायम गर्दै जनताको जीउधन र स्वतन्त्रताको संरक्षण, विपद् व्यवस्थापन तथा नेपाल सरकारबाट प्रदत्त जिम्मेवारीहरुको प्रभावकारी कार्यान्वयन र नयाँ जनभावना बमोजिमको कर्तव्य सुनिश्चित गर्ने उच्च दायित्व रहेको उल्लेख गर्नुहुँदै संविधान, कानून, राष्ट्रिय हित, संगठनको मर्यादा र जनअपेक्षालाई केन्द्रमा राख्दै इमान्दारिता, निष्ठा, निष्पक्षता र दृढ संकल्पकासाथ जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
महानिरीक्षक पौडेलले आफ्नो कार्यकालमा सीमा सुरक्षालाई सबलिकरण गर्दै संगठनको नीतिगत, संस्थागत र संरचनागत सुदृढिकरण गर्न रणनीतिक कार्ययोजना तयार गरेको उल्लेख गर्नुहुदै सो कार्यान्वयनको लागि नेपाल सरकार तथा गृहमन्त्रालयबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सकल दर्जाको कल्याण र बृत्तिविकासमा जोडदिँदै मानव संसाधनको विकास, आधुनिक प्रविधिको प्रयोग गरी नतिजामुखी कार्यशैली अपनाउँदै सुशासन र विकासमैत्री वातावरण निर्माण गर्ने उल्लेख गर्नुहुदै संगठन व्यक्तिले नभई नीतिले चलाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले नेपाल सरकारले जारी गरेको १०० बुँदे शासकीय सुधार योजना अनुसारको कार्यहरुको योजना तयार गरी संगठनले प्रदान गर्ने सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने बताउनुहुँदै सशस्त्र प्रहरी बल नेपालको विभिन्न नयाँ ऐन नियम तथा कार्य क्षेत्रभित्र पर्ने ३१ वटा विभिन्न संघीय ऐनहरुमा काम कर्तव्य र अधिकारसहितको स्पष्ट कानूनी व्यवस्था, संगठनको आधुनिकीकरणमा सहयोग एवं आवश्यक स्रोतसाधनको उपलब्धता तथा समयसापेक्ष मार्ग निर्देशनको लागि सकारात्मक एवं रचनात्मक सहयोगको लागि नेपाल सरकार एवं गृह मन्त्रालयसँग आपेक्षा गर्नुभयो ।
समारोहमा प्रहरी महानिरीक्षक, अवकास प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृह मन्त्रालयका सहसचिवहरु लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।