कास्की जिल्ला पोखरा महानगरपालिका–२२ पुम्दी भुम्दी लेकहाउस नजिकै फेवातालमा अचानक आएको हावाहुरी र छालको कारण बोटमा फसेका ५ जना भारतीय नागरिकहरुलाई सशस्त्र प्रहरीले बैशाख २४ गते सकुशल उद्धार गरेको छ ।
    उद्धार गरिएकाहरुमा LALITHA KEMBAGI ,YALLESHA , PRAVEENA KALE, BHASKAR YALLESH KALE  /  NEELAKANKSHA  नाम गरेका भारतीय नागरिक रहेका छन् ।
    फेवातालमा काठको बोटमा सवार उनीहरु फसेको भन्ने खवर पाउनासाथ फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएकोे टोलीले उनिहरुको सकुशल उद्धार गरेको हो ।

फेवातालमा अचानक आएको हावाहुरी र छालको कारण बोटमा फसेका ५ जना भारतीय नागरिकहरुलाई बैशाख २४ गते फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट खटिएको टोलीले सकुशल उद्धार गरेको छ ।

APF