Toggle Menu

समाचार

APF News
त्रुटिरहित ढंगले कार्यसम्पादन गर्न सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन
काठमाण्डौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्राप्त जिम्मेवारी लाई त्रुटि रहित र उत्कृष्ट ढंगले पूरा गर्नको लागि श्रोतसाधनसहित सरोकारवाला सबैसंग निरन्तर समन्वय र सहकार्यका साथ कार्य गर्न निर्देशन दिनु भएको छ । सशस्त्र प्रहरी बल नम्बर ६ गण सप्तरिको नबनिर्मित भवनको आइतबार उद्घाटन गर्नु हुंदै महानिरीक्षक खनालले सो कुरा बताउनु भएको हो । सुरक्षा इकाईहरुले न्युन जनशक्ति र सीमित श्रोत साधनका बाबजुद पनि उत्कृष्ट कार्य गरेको भन्दै उहाँले आगामि दिनमा समेत राज्यले दिएको जिम्मेवारी लाइ त्रुटीरहित ढंगले अनुशासित र जिम्मेवारीका साथ पूरा गर्न निर्देशन दिनु भयो । सशस्त्र प्रहरी बल, नेपाल तराईमा परिचालन भए पश्चात् चोरि तस्करि नियन्त्रण भइ राजश्वमा समेत वृद्धि भएको र तराईका जनताले थप सुरक्षाको अनुभुति गर्न पाएको स्मरण गर्नु हुंदै उहाँले आगामी दिनमा समेत उत्कृष्ट कार्य गर्न मातहत कर्मचारीहरुलाइ निर्देशन दिनु भयो । सशस्त्र प्रहरी बल,नेपाल प्रति आम जनताले गरेको भरोसालाई कायम राख्दै आगामी दिनमा रास्ट्र र संगठन प्रति इमानदार, नैतिकवान, अनुशासित र उच्च समर्पणका साथ कार्य क्षेत्रमा खटिन समेत उहाँले निर्देशन दिनु भयो । आइतबारनै महानिरीक्षक खनालले सोही जिल्लाको शम्भुनाथ नगरपालिका वार्ड नं. ११ मा स्थापना भएको नेपाल ए.पि.एफ. ठाकोदेबी जोगेन्द्र भगत स्कुलको समेत उद्घाटन गर्नु भयो । ए.पी.एफ. स्कुललाई क्षेत्रीयरुपमा बिस्तार गर्दै लैजाने क्रमम यश अघि प्रदेश नं. ५ स्थित कोहलपुर बांकेमा नेपाल एपीएफ स्कुल संचालनमा आइसकेको छ। कार्यक्रममा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारि सहित सुरक्षा निकायका प्रमुख हरुको उपस्थिति रहेको थियो । यसैगरी आइतबारनै महानिरीक्षक खनालले स.प्र. बल, नेपाल दन्तकाली बिशेष कार्य तालिम शिक्षालय, सप्तरीको निरीक्षण समेत गर्नु भयो । २०७५ साल माघ २० गते स्थापित सो शिक्षालयमा बिशिष्ट प्रकारका तालिमहरु संचालन हुँदै आएका छन् । यसै बिच महानिरीक्षक खनालले मंसिर २० गते सोमबार प्रदेश २ अन्तर्गत स.प्र.बल, नेपाल नम्बर ११ गण रौतहट र स.प्र.बल, नेपाल नम्बर १२ गण बाराको नबनिर्मित भवनको समेत उद्घाटन गर्नु हुँदै कार्यक्षेत्रमा त्रुटिरहित ढंगले उत्कृष्ट कार्य गर्न मातहत कर्मचारीलाई निर्देशन दिनु भयो । सो अबसरमा जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी , सुरक्षा निकायका प्रमुख, स्थानीय भद्रभलाद्मी एबं विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।
2078-08-21
APF News
चोरीपैठारीका बिभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामद ः–
काठमाडौं, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सीचोकबाट मंसीर १९ गते सशस्त्र प्रहरीले करीव १ लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीका बिभिन्न सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवश्थामा कस्मेटिक सामान तथा मोटरपाट्र्स सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको टोलीले बरामद गरेको हो । यसैगरी पर्सा जिल्लाको वीरगंज महानगरपालिका १९ ईनरुवा स्थित सीमा ईलाकाबाट मंसीर १९ गते सशस्त्र प्रहरीले करीव १ लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान तथा लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवश्थामा उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको टोलीले बरामद गरेको हो । त्यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित सीमा ईलाकाबाट मंसीर २० गते सशस्त्र प्रहरीले करीव १ लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको जुत्ता तथा लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवश्थामा उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
2078-08-20
APF News
आम्र्स एण्ड एक्सप्लोसिभ डिटेक्सन डग ट्रेनिङ्ग उद्घाटन
काठमाडौं, श्री पशु स्वास्थ्य तथा डग हैण्डलर उप-शाखा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय काठमाडौंमा मंसीर १९ गतेदेखि ‘सि.सं २ आम्र्स एण्ड एक्सप्लोसिभ डिटेक्सन डग ट्रेनिङ्ग' संचालन भएको छ । प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक ई. नानीराम हुमागाईले सोही कार्यालयमा आयोजित एक समारोहका बीच उक्त तालिमको उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले डग तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै विभिन्न समयमा जटिल अनुसन्धानमा तालिम प्राप्त डगको सहयोगमा महत्वपुर्ण कार्यसम्पादन गर्न सफलता प्राप्त भएको स्मरण गर्नुहुँदै यस्ता तालिमले भविष्यमा हुनसक्ने विभिन्न अपराधजन्य क्रियाकलापहरुको रोकथाम तथा भि.आई.पि., भि.भि.आई.पि सुरक्षाको बेला उत्कृष्ट कार्यसम्पादनमा समेत सघाउपुग्ने बताउनुभयो । सो तालिमका प्रशिक्षार्थीहरुलाई डगको ईतिहास, वेशिक ओविडेन्स, क्यानल व्यवस्थापन, हाउस मेरिङ्ग, भेटेनरी, आम्र्स एण्ड एक्सप्लोसिभ डिटेक्सन, मानव अधिकार लगायत ग्राउण्ड सर्च, एरोप्लेन सर्च, बिल्डीङ्ग सर्च, भेहिकल सर्च, आर्टिकल सर्च, ह्यूम्यान बडिसर्च आदि विषयमा प्रशिक्षण गरिने कुरा त्यसैअवसरमा जानकारी गराईएको थियो । १२ हप्ता अवधिको उक्त तालिममा २९ जना बिल्लादार तथा जवानहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् ।
2078-08-19
APF News
चोरीपैठारीका लत्ताकपडा तथा बिभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामद
काठमाडौं, पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ ईनर्वा स्थित सीमा ईलाकाबाट मंसीर १९ गते सशस्त्र प्रहरीले करीव १ लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले २ वटा मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन थापाको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो । त्यसवेला उक्त दुईवटै मोटरसाईकलसमेत बरामद गरिएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य २ लाख ३५ हजार रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट सशस्त्र प्रहरी निरीक्षक प्रभात कुमार गौतमको कमाण्डमा खटिएको टोलीले मंसीर १९ गते करीव १ लाख ४६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको ईलेक्ट्रोनिक समान बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
2078-08-19
APF News
विभिन्न किसिमका सामानसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ स्थित सीमा ईलाकाबाट मंसीर १५ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका सामानसहित सोही ठाउँ बस्ने ३० वर्षिय प्रेमसागर रायलाई पक्राउ गरेको छ । कुरियरगरी भारततर्फ लैजाँदै गरेको अवस्थामा बुद्धमाला ४ सय थान, तामाको प्लेट १४ थान, मन्दिरको कलात्मक सामान ३६ थान, त्रिकोण बक्स १ थान, नेपाली राहधानी ३ थान, कुमारी बैंकको पाँच लाखको बाउन्स चेक एक थान तथा विदेश जानको लागि चाहिने विभिन्न कागजपत्रहरुसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका रायलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाएको छ ।
2078-08-16
APF News
सशस्त्र प्रहरी नायब महानिरीक्षक राईबाट सि.सं. २८ गुल्मपति तथा स्टाफ तालिम उद्घाटन
काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा सि.सं. २८ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिम बुधबार देखि संचालन भएको छ । सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्ग बहादुर राईले मंसिर १५ गते सोही प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन गर्नुभएको हो । त्यसअवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक राईले फौजी संगठनमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै सगंठनलाई प्राप्त जिम्मेवारीहरु कुशल ढंगले कार्यसम्पादन गर्नका लागी यस्ता व्यवसायिक तालिम अपरिहार्य रहेको बताउनुभयो । उहाँले तालिममा सहभागी अधिकृतहरुलाई तालिमको दौरानमा अनुशासित, इमान्दार र लगनसिल भई बढि भन्दा बढि ज्ञान आर्जन गर्नेतर्फ क्रियासिल रहन निर्देशन दिनुहुदै यस्ता तालिमबाट आर्जन गरेको ज्ञान तथा कौशल मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत सिकाउँदै कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन तथा कुशल नेतृत्व प्रदान गर्न सक्षम रहने विश्वास समेत ब्यक्त गर्नुभयो । समारोहमा सशस्त्र प्रहरी निरीक्षक सुधिर खतिवडाले तालिम सम्बन्धि कार्ययोजना प्रस्तुत गर्नुभएको हो । १२ हप्ता अवधिको उक्त तालिममा ३५ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन ।
2078-08-16
APF News
चोरीपैठारीको लत्ताकपडा बरामद
काठमाडौं, धनुषा जिल्लाको धनौजी गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट मंसीर १५ गते सशस्त्र प्रहरीले करीव २ लाख ९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ज ९ प ४२८२ र बीआर ३२ के १७८२ नम्बरको मोटरसाईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडीझिजाबाट खटिएको टोलीले बरामद गरेको हो । त्यसवेला दुवै मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य ३ लाख रुपैयाँ रहेको छ । त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खजुरीबाट खटिएको सशस्त्र प्रहरीले मंसीर १५ गते करीव १ लाख ७८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स बरामद गरेको छ । भन्सार छली ल्याउँदै गरेको उक्त मोटर पार्ट्स सशस्त्र प्रहरीले धनुषा जिल्लाको जनकीनन्दनी गाउँपालिका ३ सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा, मोटर पार्ट्स तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ ।