सिराह,
सिराह जिल्लाको लहान नगरपालिका १ स्थित मटिअर्वाबाट चैत्र १२ गते
सशस्त्र प्रहरीले श्रोत नखुलेको ११ लाख ३ हजार ५० नेपाली रुपैयाँसहित
सोही जिल्लाको भगवानपुर गाउँपालिका ४ बस्ने ४४ बर्षिय दिलिप कुमार साहलाई
पक्राउ गरेको छ ।
विषेश सूचानाको आधारमा निज साहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २
छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ७ गणबाट खटिएको सशस्त्र
प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा रहेको उक्त रुपैयाँको निजले
श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका साहलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार
कार्यालय मार्डरमा बुझाईएको छ ।