काठमाडौं,
झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित कालीखोला ईलाकाबाट चैत्र १३
गते सशस्त्र प्रहरी बल नेपाल बिओपी काँकडभिट्टाबाट खटिएको सशस्त्र
प्रहरीले करीव १ लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपार्टस
बरामद गरेको छ ।
यसैगरी रौतहट जिल्लाको ईशनाथ नगरपालिका २ स्थित सीमा ईलाकाबाट चैत्र १२
गते सशस्त्र प्रहरी बल नेपाल बिओपी औरैयाबाट खटिएको सशस्त्र प्रहरीले
करीव २ लाख ७६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपार्टस बरामद गरेको
छ ।
त्यसैगरी धनुषा जिल्लाको मिथिला नगरपालिका ३ स्थित नक्टाझिज चोकबाट
चैत्र १२ गते एक यात्रुबाहक बसमा चेक जाँच गर्दा वेवारीसे अवस्थामा रहेको
करीव १ लाख ८० हजार रुपैयाँ बराबरको ३ सय के.जी.पाउडर दुध सशस्त्र प्रहरी
बल नेपाल सुरक्षा वेश नक्टाझिजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको छ
।
यसैगरी बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ स्थित सीमा ईलाकाबाट
चैत्र ११ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गणबाट खटिएको सशस्त्र
प्रहरीले करीव १ लाख ६३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा
किराना सामान बरामद गरेको छ ।
त्यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका १५ स्थित बिरगंज पथलैया
सडकखण्डबाट चैत्र ११ गते प्रज्ञापन पत्र बिनानै ना ७ ख ३४१० नम्बरको ट्रक
र ना ५ ख ९२८० नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको करीव २६ लाख २५ हजार
रुपैयाँ बराबरको किराना तथा ईलेक्ट्रोनिक सामान सशस्त्र प्रहरी बल नेपाल
नम्बर १३ गणबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको छ । त्यसबेला उक्त
दुबै ट्रकसमेत बरामद गरिएको छ ।
बरामद सामान तथा ट्रक स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।