सप्तरी,
सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित चन्द्रनगर
ईलाकाबाट चैत्र १२ गते सशस्त्र प्रहरीले करीव ७५ के.जी. गाँजा बरामद
गरेको छ ।
सोही ठाउँको एक झाडीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा
सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीबाट सशस्त्र प्रहरी उपरीक्षक
प्रदिप खड्काको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ ।