काठमाडौं, सुनसरी जिल्लाको हरिनगर गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट चैत्र १४ गते सशस्त्र प्रहरी बल नेपाल बिओपी बसन्तपुरबाट खटिएको सशस्त्र प्रहरीले बा ८४ प ८६९६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका सोही जिल्लाको रामधुनी नगरपालिका २ बस्ने २० बर्षिय जुवेद मियाँलाई १३ वटा नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ गरेको छ । पक्राउ परेका मियाँलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका १ स्थित सीमा ईलाकाबाट चैत्र १४ गते सशस्त्र प्रहरी बल नेपाल फरर्वाड सुरक्षा बेश भेडैयाबाट खटिएको सशस्त्र प्रहरीले ६५ बोतल एन्टीट्युसिभ नामक लागूऔषध बरामद गरेको छ । त्यसैगरी बारा जिल्लाको महागढीमाई नगरपालिका ५ स्थित सीमा ईलाकाबाट चैत्र १४ गते सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बरियारपुरबाट खटिएको सशस्त्र प्रहरीले १५ के.जी. गाँजा बरामद गरेको छ । बरामद लागूऔषध नेपाल प्रहरीलाई बुझाईएको छ ।
APF