धनुषा,
धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका १ स्थित सीमा ईलाकाबाट चैत्र ८ गते
सशस्त्र प्रहरीले करिब ३ लाख १० हजार रुपैयाँ बराबरको अबैध मदिरा बरामद
गरेको छ ।
६ वटा मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त मदिरा सशस्त्र प्रहरी बल
नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र बिओपी इनर्वाबाट
खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
त्यसबेला मोटरसाईकलमा सवार ब्यक्तिहरु गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई
टाढैबाट देख्नासाथै सोही ठाउँमा मोटरसाईकल छाडी फरार भएपछि सो
मोटरसाईकलमा रहेको कार्टुनहरुमा जाँच गर्दा २ सय ७ कार्टुन सोफी, ७
कार्टुन भर्जिन र ९ कार्टुन ब्याल्क्क लेवल मदिरा फेला परेको हो ।
त्यसबेला उक्त ६ वटै मोटरसाईकलसमेत बरामद गरिएको छ ।