महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सीचोकबाट चैत्र ६ गते सशस्त्र प्रहरीले लागुऔषधसहित दूई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ बर्षिय ज्ञानचन्द्र मण्डल र २० बर्षिय शंकर कुमार ठाकुर छन् । प्रदेश २०२००४ प ४७०९ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनिहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सम्सीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनिहरुको साथमा नाईट्रोभेट ट्याब्लेट १५ वटा र १० ग्राम गाँजा फेला पारिएको हो । त्यसबेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।
APF