सर्लाही, सर्लाही जिल्लाको धनकैल गाउँपालिका ५ हरकटुवास्थित चैत्र १२ गते भएको आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासीन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सोही ठाउँ बस्ने प्रदीप हजारीको घरमा विधुतीय तार सर्ट भई आगलागी हँुदा निजको घर नजिकै रहेको ११ वटा फुसले छाएको कच्ची घर तथा दुई वटा टायलले छाएको पक्की घर समेत गरी जम्मा १४ वटा घरहरु जलेर नष्ट भएको बताईएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश मनुष्माराबाट सशस्त्र प्रहरी निरीक्षक प्रधुन्न थापाको कमाण्डमा खटिएको टोली उक्त आगलागी नियन्त्रणमा सक्रियताकासाथ जुटेको थियो ।
APF