पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका २५ स्थित सीमा ईलाकाबाट चैत्र ६ गते सशस्त्र प्रहरीले करीव २७ लाख ७५ हजार रुपैयाँ बराबरको हार्डवयरको सामानसहितको ट्रक बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले जी जे १५ याक्स याक्स ९९५९ नम्बरको ट्रकमा जाँच गर्दा उल्लेखित मुल्य बराबरको उक्त सामान बिल बिजक भन्दा फरक पाईएपछि बरामद गरिएको हो । त्यसबेला उक्त ट्रकसमेत बरामद गरिएको छ । बरामद सामान तथा ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।
APF