पर्सा पर्सा जिल्लाको बीरगंज महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट चैत्र १२ गते सशस्त्र प्रहरीले करीव ३ के.जी. १ सय ४० ग्राम अफिमसहित बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका ७ बस्ने ४० बर्षिया रिना देवीलाई पक्राउ गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेकी उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले विषेश सूचनाको आधारमा जाँच गर्दा उनको साथमा उक्त परिमाणको अफिम फेला पारिएको हो । पक्राउ परेकी उनलाई बरामद अफिमसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
APF