Toggle Menu

समाचार

APF News
सीमासँग जोडिएका स्थानीय जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम

सीमासँग जोडिएका बाँके र बर्दियाका स्थानीय जनप्रतिनिधिहरुसँग प्रस्तावित सीमा सुरक्षा गुल्म बाँकेको आईसीपी हलमा कार्तिक ९ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा नं. ३० गण बाँके र नं. ३१ गण बर्दियाका गणपति, सीमासँग जोडिएका बाँके र बर्दियाका स्थानीय जनप्रतिनिधि तथा वडा अध्यक्षहरु लगायत प्रस्तावित सीमा सुरक्षा गुल्मका गुल्मपति र बिओपी प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

2081-07-10
APF News
एम्बुलेन्स हस्तान्तरण एवं संचालन सम्वन्धी सम्झौता

नं. ४२ रिजर्भ गण शमशेरगंज बाँके र राप्ती सोनारी गाउँपालिका बीच एम्बुलेन्स हस्तान्तरण एवं संचालन सम्बन्धी सम्झौता भएको छ ।
नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यमा सोही गणमा आयोजित एक कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्री र गाउँपालिकाका प्रमुख तप्त बहादुर पौडेल बीच असोज १ गते सम्झौता भएको हो ।
स्थानीय बासिन्दाहरुको अधिकतम हित र सडक दुर्घटना लगायत मानविय तथा विरामी उद्धार कार्यको  सहजताको लागि राप्तीसोनारी गाउँपालिकाको सर्पदंश उपचार केन्द्रको स्वामित्वमा रहने गरी उक्त एम्बुलेन्स संचालनमा ल्याइने छ ।
 

2081-06-02