सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रधान कार्यालयमा जेठ २० गते सशस्त्र प्रहरी निरीक्षक पदमा पदोन्नती हुनुभएका अधिकृतहरुलाई  दर्ज्यानी   चिन्ह प्रदान गर्नुभएको  छ । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को मिति २०८१ माघ ८ गतेको निर्णयले उहाँहरु सशस्त्र प्रहरी नायव निरीक्षकबाट सशस्त्र प्रहरी निरीक्षक पदमा पदोन्नती हुनुभएको हो ।
महानिरीक्षक अर्यालले सोही अवसरमा प्रधान कार्यालय र उपत्यकास्थित इकाईहरुमा कार्यरत रहि वर्षभरी उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई IG APF Commendation  ब्याज प्रदान गर्नुभएको छ ।

APF