कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–१० गड्डाचौकीस्थित सीमा ईलाकाबाट माघ १७ गते श्रोत नखुलेको ६ लाख ८८ हजार भारतीय रुपैयाँसहित प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी र ईलाका प्रहरी कार्यालय गड्डाचौकीको संंयुक्त टोलीले एक जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा बुझाईएको छ ।
