काठमाडौं,
नेपाल एपीएफ क्लवको वार्षिक साधारणसभा’ सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा भएको सो साधारण सभाको फागुन ३० गते सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एकसमारोहका बीच पानसमा द्विप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयोे ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा सशस्त्र प्रहरी बल, नेपालले सो क्लवको स्थापना गरेर राष्ट्रिय खेलकुदको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएकोे बताउनुुभयो ।
उहाँले नेपाल एपीएफ क्लवका खेलाडीहरु विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भई विभिन्न पदक तथा पुरस्कारहरु हासिल गर्न सफल रहेको चर्चा गर्नहुँदै सो क्लव आजको यस अवस्थासम्म आईपुग्न संगठनका पूर्वज नेतृत्ववर्गले पु¥याएको योगदानको स्मरण गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले निरन्तरको खेलकुद अभ्यासले खेलाडीको खेल क्षमता अभिवृद्धि हुने चर्चा गर्नुहुँदै खेलकुदले अनुशासित र परिश्रमी बनाई सामुहिक भावनाको समेत विकास गराउने हुँदा फौजी संगठनमा यसको विशेष महत्व रहने बताउनुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले नेपाल एपीएफ क्लवका खेलाडीहरुले खेलको माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा समेत संगठन र राष्ट्रको नाम उजागर गर्न सफल रहेको चर्चा गर्नुहँुदै क्लवले प्रदान गर्ने सुविधाहरुमा समयानुकुल परिमार्जन गर्दै आईरहेको उल्लेख गर्नुभयो ।
उहाँले सो क्लवले व्याडमिन्टन, लनटेनिस र महिला भलिबल गरी तीन वटा राष्ट्रिय प्रतियोगिता संचालन गर्दै राष्ट्रको खेलकुदको विकासमा योगदान पुर्याउदै आईरहेको बताउनुभयो ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी. र नारायणबावु थापा तथा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु लगायत विभिन्न खेलकुद संघ संस्थाका पदाधिकारीहरु एवं सो क्लवका खेलाडीहरुको समेत उपस्थिति रहेको थियो ।