सशस्त्र प्रहरी परिवार महिला संघले काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा आउने दर्शनार्थी भक्तजनहरुको लागि संघले उक्त शिविर सञ्चालन गरको थियो । शिविरमार्फत श्रद्धालु भक्तजनहरूको स्वास्थ्य परीक्षण गर्नुकासाथै औषधी तथा खानेपानी समेत वितरण गरिएको छ । साथै सशस्त्र प्रहरी बल, नेपालले मन्दिर परिसरमा आउने दर्शनार्थीहरुको शान्ति सुरक्षा एवं व्यवस्थापनको लागि करीब ८ सय जनशक्ति समेत परिचालन गरिएको थियो । नेपाल एपीएफ अस्पताल बलम्बुबाट महिला चिकित्सक तथा एम्बुलेन्स सहितको मेडिकल टोली समेत खटिएको थियो, भने प्रधान कार्यालय हल्चोकबाट खानेपानीको लागि ट्यांकर सहितको टोली पनि २८ गते राति बाट नै परिचालित भएका थिए । मन्दिर परिसरमा कमाण्ड पोष्ट स्थापना गरी मेला अवधिभर कुनै पनि अवाञ्छित गतिविधि नहोस् भन्ने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले सुक्ष्म निगरानीका लागि सादा पोसाकमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन तथा बागमती नदि किनारमा गोताखोरसहितको उद्धार टोली समेत तयारी हालतमा राखेको थियो ।

APF