भोटेकोशी नदीमा आएको बाढीले पुरिएको चार तल्ले घरबाट सशस्त्र प्रहरीले एक महिलाको जीवितै उद्धार गरेको छ । भाद्र २० गते नुवाकोट जिल्लाको विदुर नगरपालिका–१० बेत्रावतीस्थित बाढीले पुरिएको चारतल्ले घर भित्रबाट ६४ वर्षिया चण्डिका श्रेष्ठको जीवितै उद्धार गरेको हो । नं. १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी निरीक्षक सुमन कुमार वि.क. को कमाण्डमा खटिएको टोलीले उनको जीवितै उद्धार गरेको हो । उद्धार गरिएका उनलाई उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौं पठाईएको छ ।