माननीय गृहमन्त्री सुधन गुरुङले प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गर्नुभएको   छ ।  विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ माननीय गृहमन्त्रीले संगठनसँग उपलब्ध उद्धार सामग्री एवं आधुनिक उपकरणहरूको प्रत्यक्ष निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा माननीय गृहमन्त्रीले विपद्को समयमा नागरिकको जीउधनको रक्षा गर्न संगठनले खेल्दै आएको भूमिका, विपद् व्यवस्थापनसम्बन्धी आवश्यक तयारी, स्रोतसाधनको वैज्ञानिक उपलब्धता, उद्धार क्षमताको अभिवृद्धि एवं जनशक्तिको प्रभावकारी परिचालनका विषयमा विस्तृत जानकारी लिनुभएको थियो । सोही अवसरमा उहाँले उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै उद्धार कार्यमा कुनै कसर बाँकी नराख्न संगठनका उच्च अधिकारीहरूलाई निर्देशन समेत दिनुभएको थियो । यसैगरी माननीय गृहमन्त्री सुधन गुरुङले  भाद्र २९ गते प्रधान कार्यालय र ललितपुरस्थित नागदहमा विपद् व्यवस्थापनका लागि प्रयोग हुने आधुनिक उद्धार सामग्री, बोटहरू तथा खोज र उद्धारमा प्रयोग हुने विशेष उपकरणहरूको निरीक्षण गर्नुभएको थियो । अनुगमनका क्रममा उहाँले पूर्वतयारी चुस्त बनाउँदै घटना घटेको कमभन्दा कम समयभित्रै उद्धार टोली कार्यक्षेत्रमा पुग्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

APF