धनकुटा जिल्लाको सागुरीगढी गाउँपालिका–६ फेदीस्थित कोशी लोगमार्गबाट भाद्र २३ गते राती करीव १ हजार २ सय ४० के.जी.को ३८ बोरा गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिईएको छ । धनकुटाबाट धरानतर्फ जाँदै गरेको ना ४ ख ५२७ नम्बरको मालबाहक ट्रकलाई गस्तीमा रहेको सशस्त्र प्रहरीले जाँच गर्न खोज्दा फरार भएको थियो । सो पश्चात सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश मुलघाटबाट सशस्त्र प्रहरी निरीक्षक मान बहादुर खड्काको कमाण्डमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले पछ्याई सोही लोकमार्गबाट नै सोे ट्रक नियन्त्रणमा लिईएको हो । ट्रकको छतमा लुकाई छिपाई लैजाँदै गरेको सो गाँजासहित ट्रक नियन्त्रणमा लिईएकोमा चालक भने फरार रहेका छन् । बरामद गाँजा तथा ट्रक आवश्यक कारावहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।