कञ्चनपुर जिल्लाको दोधारा चादनी नगरपालिका–१ स्याउलेटोलबाट असोज ७ गते सशस्त्र प्रहरीले ७४ वटा बोरामा राखिएको ७ लाख ४१ हजार रुपैयाँ बराबरको आल्मुनियम बनाउने कच्चा पदार्थ बरामद गरेको छ । सोही ठाउँ बस्ने एक स्थानीय घर नजिकै बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्यको ३ हजार ८ सय के.जी. कच्चा पदार्थ बरामद गरिएको हो । उक्त कच्चा पदार्थ विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ३५ शैलेश्वरी गण कञ्चनपुर मातहत कार्यालयबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद कच्चा पदार्थ आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ । उक्त पदार्थ भारततर्फ चोरीनिकासी गर्न लागेको आशंका गरिएको छ ।

APF