सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित सीमा ईलाकाबाट बैशाख १२ गते
सशस्त्र प्रहरीले ४ लाख ३४ हजार ७ सय २० नेपाली रुपैयाँ र ५९ हजार ६ सय
१० भारतीय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका सोही जिल्लाको ईटहरी उपमहानगरपालिका १२
बस्ने १८ वर्षिय सुरेश लिम्बु र १७ वर्षिय बिकाश मण्डललाई सशस्त्र प्रहरी
बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर (बिओपी हरिपुर)ले
उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएकालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागी राजस्व
अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।