Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलो पुजा सम्पन्न
काठमाडौं, बडादशैंको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा बगलामुखी (विशेष कार्यदल) हल्चोक स्वयम्भूमा असोज २८ गते सशस्त्र प्रहरी बल, नेपालको निशान तथा मौलो पुजा सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विशेष कार्यक्रमका बीच पुजाअर्चना गर्नुभएको उक्त निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत, बिल्लादार तथा जवानहरुबाट पुजाअर्चना तथा मौलो परिक्रमा गरिएको थियो । बिहान ७ बजेर ११ मिनेटको पुजाको संकल्प साइतमा गरिएको निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपालको निशानमा पञ्जाछाप लगाउनुभयो । सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजा कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले बडादशैंको अवसरमा महानवमीको दिन हरेक वर्ष निशान तथा कोतपुजा गर्दै आएको छ । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले मौलोपुजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगाएत एपीएफ अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थिति रहेको थियो ।
2078-06-28
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट विजया दशमी, दिपावली तथा छठपर्वको अवसरमा शुभकामना व्यक्त
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपालीहरुको महानचाड विजयादशमी र आउँदै गरेको शुभ दिपावली तथा छठपर्वको अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभएको छ । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट असोज २४ गते देशभर कार्यरत तथा बिभिन्न राष्ट्रसंघिय मिसनहरुमा रहि शान्ती स्थापनार्थ विदेशमा खटिएका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई शुभकामना दिनुहुँदै सुख, शान्ति, समृद्धि एवं दिर्घायुको कामना गर्नुभयो । उहाँले राष्ट्र र जनताको सेवा र सुरक्षाका खातिर आफ्नो प्राणको आहुति दिएका अमर सशस्त्र प्रहरीको त्याग तथा योगदानको स्मरण गर्नुुहुँदै जिम्मेबारी निर्वाहको क्रममा घाइते तथा अङ्गभङ्ग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले चाडपर्वको समयमा हुनसक्ने विभिन्न आपराधिक क्रियाकलापहरुलाई मध्यनजर राख्दै आ–आफ्नो जिम्मेवारी ईलाकामा सुरक्षाको भरपर्दो व्यवस्था मिलाइ आम नागरिकले सुख र शान्तीपूर्वक हर्षोल्लासका साथ पर्व मनाउने वातावरण बनाई कार्यक्षेत्रमा पूर्ण व्यवसायीक भई जिम्मेवारी निर्वाहमा क्रियासिल रहन त्यसै अवसरमा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले व्यक्तिगत स्वार्थ भन्दा माथि रहि देश र जनताको सेवा र सुरक्षालाई पहिलो प्राथमिकतामा राखि थप सजकताकासाथ परिचालन हुन सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले चाडपर्वको बेला स्वदेश तथा विदेशबाट आउने नागरिकको सहयोग तथा सुरक्षकालागि देशका विभिन्न नाकाहरुमा सहायता कक्ष स्थापना गरि निस्वार्थभावले सेवा प्रदान गर्दै देश र जनताको सेवा, सुरक्षा तथा आपतविपद्मा परेकाको उद्वार कार्यमा कटिबद्ध भई लाग्नुपर्ने बताउनुभयो । उक्त शुभकामना सन्देश सशस्त्र प्रहरी बल, नेपालले प्रयोगमा ल्याएको ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा देशभर रहेका सशस्त्र प्रहरी बल, नेपालका इकाईहरुमा प्रत्यक्ष प्रसारण गरि हेर्ने र सुन्ने ब्यवस्था मिलाईएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्धय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।
2078-06-24
APF News
ब्राउन सुगर तथा बिभिन्न लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा पाँच जना पक्राउ
काठमाडौं, कंचनपुर जिल्लाको बेलडाँगी गाउँपालिका ५ स्थित सिमा इलाकाबाट असोज २३ गते सशस्त्र प्रहरीले ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका सोही ठाउँ बस्ने २२ बर्षिय झलक थापालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुडाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनको साथमा ४ ग्राम ब्राउन सुगर फेला परेपछि पक्राउ गरेको हो । पक्राउ परेका थापालाई बरामद ब्राउन सुगरसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सिरहा जिल्लाको सिरहा नगरपालिका १५ स्थित सिमा इलाकाबाट असोज २३ गते सशस्त्र प्रहरीले बिभिन्न किसिमका लागूऔषधसहित तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका २१ बस्ने २६ बर्षिय बंशराज मुखिया, १८ बर्षिय बिमलेश कुमार कर्ण र सप्तरी जिल्ला राजविराज नगरपालिका ९ बस्ने १९ बर्षिय नितिक कुमार कर्ण छन् । भारतीय नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश बुधौराबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि चेकजाँच गर्दा उनिहरुको साथमा नाईट्रोभेट ट्याब्लेट ३ सय वटा फेला परिएकोे हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । त्यसैगरी कंचनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ स्थित डाँडाबजार इलाकाबाट असोज २३ गते सशस्त्र प्रहरीले लागूऔषधहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको से ४ प ९६७८ नम्बरको मोटरसाईकलमा सवार सोही नगरपालीका ५ बस्ने २६ बर्षिय नरेश खड्कालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट आँपतालबाट खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट ३० वटा फेला परेपछि पक्राउ गरेको हो । त्यसवेला उनले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका खड्कालाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-06-24
APF News
चोरीपैठारीका बिभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामद
काठमाडौं, झापा जिल्लाको भद्रपुर नगरपालिका ३ स्थित हिमाली चोकबाट असोज २४ गते सशस्त्र प्रहरीले करीव ५ लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणबाट सशस्त्र प्रहरी सहायक निरिक्षक रमेश कुँवरको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी पर्सा जिल्लाको विरगन्ज महानगरपालिका १ स्थित छपकैया बाँसघारी ईलाकाबाट असोज २३ गते सशस्त्र प्रहरीले करीव २ लाख १६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको जुत्ता बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त जुत्ता सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट सशस्त्र प्रहरी बरिष्ठ हवल्दार राजु बहादुर मगरको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १२ स्थित कुवा रामपुरबाट असोज २३ गते सशस्त्र प्रहरीले करीव १ लाख २ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ज १० प ७९९७ नम्बरकोे मोटरसाइकलमा राखी ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट सशस्त्र प्रहरी निरिक्षक ध्रुब कुमार खड्काको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसबेला उक्त सामान ल्याउदै गरेका ब्यक्तिहरु गस्तिमा रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देखि भागी फरार भएका थिए । त्यसबेला उनिहरुले प्रयोग गरेको मोटरसाइकल समेत बरामद गरिएकोे छ । उक्त मोटरसाइकलको भन्सार दाखिला मुल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ । । यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित लालबकैयाबाट असोज २३ गते सशस्त्र प्रहरीले करीव १ लाख ९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट सशस्त्र प्रहरी निरिक्षक सुवास कुमार के.सी.को कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसैगरी महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका २ बाट असोज २४ गते सशस्त्र प्रहरीले करीव १ लाख ७१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ईटहरुवाकट्टीबाट सशस्त्र प्रहरी नायव निरिक्षक रबिन्द्र जङ्गको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
2078-06-24
APF News
चोरीपैठारीका बिभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामद
काठमाडौं, बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ६ स्थित कवलपुर ईलाकाबाट असोज २२ गते सशस्त्र प्रहरीले करीव २ लाख ५७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको रेडिमेड लत्ताकपडा र सुर्ती बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी रौतहट जिल्लाको पहोर नगरपालिका ८ स्थित नरकटीयाबाट असोज २३ गते सशस्त्र प्रहरीले करीव २ लाख ८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोवाइलसेट बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त मोवाइलसेट सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश नरकटियाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट असोज २२ गते सशस्त्र प्रहरीले करीव १ लाख ७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, मोटरपार्टस तथा किराना सामान बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
2078-06-23
APF News
सशस्त्र प्रहरीद्धारा पटका बरामद
सर्लाही, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ५ स्थित जबदीबाट असोज २३ गते सशस्त्र प्रहरीले करीव २ लाख २० हजार रुपैयाँ बराबरको पटका बरामद गरेको छ । भारतबाट अबैध रुपले बि आर ३० यू ०६७४ नम्बरकोे भारतीय मोटरसाइकलमा राखी ल्याउँदै गरेको उक्त पटका सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसबेला उक्त सामान ल्याउदै गरेका ब्यक्तिहरु गस्तिमा रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देखि भागी फरार भएका थिए । सो मोटरसाइकल समेत बरामद गरिएकोे छ । उक्त मोटरसाइकलको भन्सार दखिला मुल्य ८० हजार रुपैयाँ रहेको छ ।
2078-06-23
APF News
सशस्त्र प्रहरीद्धारा गाजाँसहित चार जना पक्राउ
काठमाडौं, झापा जिल्लाको मेचि नगरपालिका ८ स्थित पूर्व– पश्चिम लोकमार्गबाट असोज २२ गते सशस्त्र प्रहरीले करिब १० के.जी ४ सय १० ग्राम गाजाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको कालिकाटार गाउँपालिका ४ बस्ने २९ बर्षिया फुलमाया स्याङ्गतान र अर्जुन मोक्तान रहेका छन् । त्यसबेला सशस्त्र प्रहरीले फुलमाया स्याङ्गतान बसोबास गर्दै आइरहेको कोठामा चेकजाँच गर्दा करिब ५ सय ५५ ग्राम गाजाँ भेटेपछि सोही नगरपालिका १० बस्ने ५२ बर्षिय शम्भु राजवंशीलाई समेत पक्राउ गरेको छ । मे १ ह ३४७१ नम्बरको अटोमा राखेर ल्याउँदै गरेको उक्त गाजाँ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त गाजाँ फेला पारेपछि पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद गाजाँ तथा अटोसहित आवश्क कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका २ स्थित सिमा ईलाकाबाट असोज २३ गते सशस्त्र प्रहरीले करिब ३ के.जी गाजाँसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट अबैध रुपले आउदै गरेका सोही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ८ बस्ने ४५ बर्षिय बिन्देश्वर सहनीलाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त गाजाँ फेला पारेपछि पक्राउ गरेको हो ।
2078-06-23
APF News
चोरीपैठारीका बिभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामद
काठमाडौं, पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट असोज २० गते सशस्त्र प्रहरीले करीव १ लाख ७८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । यसैगरी पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट असोज २० गते सशस्त्र प्रहरीले करीव १ लाख ४ हजार ८ सय रुपैयाँ बराबरको चोरीपैठारीको बिषाधी प्याकिङ्ग सामाग्री बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा वेश गेरमाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
2078-06-21
APF News
बिभिन्न किसिमको लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा दुई जना पक्राउ
काठमाडौं, कंचनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ स्थित सिमा इलाकाबाट असोज २० गते सशस्त्र प्रहरीले बिभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउदै गरेकी कैलाली जिल्लाको गोदावरी नगरपालिका ३ बस्ने करन बादीलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा बेश कारगिलडाँडाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट १६ वटा र स्पास्मो प्रोक्सिभोन क्याप्सुल ८ वटा फेला पारेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेकी बादीलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी कंचनपुर जिल्लाकै बेलौरी नगरपालिका ६ स्थित सिमा इलाकाबाट असोज २१ गते सशस्त्र प्रहरीले बिभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेलौरीबाट खटिएको सशस्त्र प्रहरीले बैतडी जिल्ला पाटन नगरपालिका २ बस्ने १९ बर्षिय दिपक बिष्टलाई शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट ३० वटा , डिसाईक्लोमाइन क्याप्सुल ८ वटा र प्राभोडोनस्पास क्याप्सुल २ वटा फेला पारेपछि पक्राउ गरेको हो । पक्राउ परेका बिष्टलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-06-21
APF News
नुहाउने क्रममा डुवेर वेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्धारा फेला
गोरखा, गोरखा जिल्लाको गोरखा नगरपालिका १४ स्थित मस्र्याङ्गदी नदीमा असोज २० गते नुहाउने क्रममा डुवेर वेपत्तां भएका एक जनाको शव सशस्त्र प्रहरीले फेलापारेको छ । सोही ठाउँ बस्ने ४७ बर्षिय पुर्ण बहादुर दराई नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी नायव निरीक्षक प्रल्हाद सिलवालको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले उनको शव असोज २१ गते नदीमा डुबेको अवस्थामा फेलापारी नेपाल प्रहरीलाई बुझाएको हो ।
2078-06-21
APF News
सशस्त्र प्रहरीद्धारा भ्यानसहित शंकास्पद मानव हड्डि बरामद
मोरङ, मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट असोज १८ गते राती सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंकास्पद मानव हड्डि जस्तो देखिने बस्तु र एउटा भ्यान बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको को १ च ९६४८ नम्बरको मारुती भ्यानका चालकले डिउटीमा खटीएको सशस्त्र प्रहरीलाई टाढैबाटै देख्नासाथै उक्त भ्यान ब्याक गरी उक्त भ्यान छाडी चालक फरार भएपछी सो भ्यानभित्र जाँचगर्दा बोरामा लुकाई छिपाई राखेको अवस्थामा २८ वटा खपडा र खुट्टाकोहड्डि जस्तो देखिने बस्तु १० वटा फेला परेपछि उक्त भ्यान समेत बरामद गरिएको हो । बरामद भएका उक्त हड्डिहरु रानी हेल्थ डेक्सका चिकित्सक मेडीकल अधिकृत कमल किशोर यादव तथा डिभिजन वन कार्यालय विराटनगरका वन अधिकृत प्रमेश्वर पासवानको टोलीले निरिक्षण गर्दा उक्त बस्तु मानव खप्पर तथा हातखुट्टाको नली हाड हुनसक्ने बताएका छन् । बरामद हड्डि तथा भ्यान आवश्यक अनुसन्धानको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-06-20
APF News
बिभिन्न किसिमको लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा ५ जना पक्राउ
काठमाडौ, मोरङ जिल्लाको धनपालथान गाउँपालिका २ खयरवन ईलाकाबाट असोज १९ गते सशस्त्र प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको बेलवारी नगरपालिका ६ बस्ने २९ बर्षिय तेज कुमार श्रेष्ठ, १८ बर्षिय फागुन राई र लेटाङ्ग नगरपालिका ६ बस्ने २९ बर्षिय सुरज तामाङ्ग छन् । को ३ प ८१३२ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश खयरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि चेकजाँच गर्दा उनिहरुको साथमा नाईट्राजेपाम ३४५ वटा र ८ वटा डाईक्लोमाईन हाइड्रोक्लोराईड डाईक्लोफिन फेला परिएकोे हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी कंचनपुर जिल्लाको पुनर्वास नगरपालिका ६ स्थित मिलनबजारबाट असोज १९ गते सशस्त्र प्रहरीले नाईट्रोभेट नामक लागूऔषधहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली जिल्लाको गोदावरी नगरपालिका २ बस्ने २० बर्षिय हेमन्त भट्ट र २० बर्षिय भिम साउद छन् । से ७ प ६३२१ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पुनर्वासबाट खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनीहरुको साथमा नाईट्रोभेट ट्याब्लेट ३ सय वटा फेला पारेपछि उनीहरुलाई पक्राउ गरेको हो । त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-06-20
APF News
चोरीपैठारीका बिभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामद
काठमाडौं, पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट असोज २० गते सशस्त्र प्रहरीले करीव ४ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी झापा जिल्लाको कचनकवल गाउँपालिका १ कुटी चियाबगान स्थित सीमा ईलाकाबाट असोज २० गते सशस्त्र प्रहरीले करीव १ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले मे १ ह ७०२६ नम्बरको अटोमा राखेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त सामान ल्याउन प्रयोग भएको अटो समेत बरामद गरको छ । बरामद सामान तथा उक्त अटो भन्सार कार्यालय भद्रपुरमा बुझाईएको छ । सो अटोको अन्दाजी मुल्य ४ लाख रुपैयाँ रहेको छ । बरामद सामान स्थानीय भन्सार कार्यालय बुझाईएको छ ।
2078-06-20
APF News
पौडी खेल्ने क्रममा डुवेर वेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्धारा फेला
उदयपुर, उदयपुर जिल्लाको वेलका नगरपालिका ५ स्थित भुतिया दहमा पौडी खेल्ने क्रममा डुवेर वेपत्तां भएका एक जनाको शव सशस्त्र प्रहरीले फेलापारेको छ । मोरङ जिल्लाको सुन्दर हरैचा नगरपालिका ४ बस्ने २० बर्षिय शिखर सिलवाल मंगलबार उक्त दहमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल मुख्यालय नम्बर १ बराह बाहिनीबाट खोजी तथा उद्धार कार्यमा खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक विमल खनालको कमाण्डको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले उनको शव पानिमा डुबेको अवस्थामा फेलापारी नेपाल प्रहरीलाई बुझाएको हो ।
2078-06-20
APF News
लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा चार जना पक्राउ
कंचनपुर, कंचनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ घगाउँ आपताल स्थित सीमा ईलाकाबाट असोज १७ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका २ बस्ने ३० बर्षिय नरेन्द्र सुवार, २८ बर्षिय सचिन गुरुङ, ३१ बर्षिय सन्तोष भट्ट र सोही जिल्लाको लम्कीचुहा नगरपालिका १० बस्ने ३२ बर्षिय दिपेन्द्र सुनुवार छन् । से २ प ३६१८ र से ६ प ६५५१ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट आपतालबाट खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनीहरुको साथमा नाईट्रोजन ट्याब्लेट २ वटा र स्पासप्रोक्स २ वटा फेला पारेपछि उनीहरुलाई पक्राउ गरेको हो । त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त दूबै मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-06-17
APF News
¥याफटिङ गर्ने क्रममा डुवेर वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीद्धारा फेला
सिन्धुपाल्चोक, सिन्धुपाल्चोक जिल्लाको साँगाचोकगढी नगरपालिका ९ डुम्रे स्थित सुनकोशी नदीमा असोज १७ गते दिउसो ¥याफटिङ गर्ने क्रममा डुवेर वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ । दोलखा जिल्लाको मेलुङ गाउँपालिका ४ बस्ने २२ बर्षिय साजन खड्का नदीमा ¥याफटिङ गर्ने क्रममा डुवेकोे भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लामोसाँघुबाट सशस्त्र प्रहरी नायव निरीक्षक सुनिल कुमार श्रीवास्तवको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव नदीमा फेला पारेको हो ।
2078-06-17